पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँको बिजुली निर्यात


पुष ०, २०८१


काठमाडौँ,९ पुस । नेपालबाट पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँको बिजुली निर्यात भएको छ । साउन, भदौ, असोज, कार्तिक र मंसिरमा नेपाल विद्युत प्राधिकरणले १ अर्ब ६ करोड युनिट बिजुली भारततर्फ निर्यात गरेको हो । चालु आर्थिक वर्षको पाँच महिनामा देशभर खपत गरी अतिरिक्त भएको वर्षायामको उक्त युनिट बिजलुी निर्यात गरेको प्राधिकरणले बताएको छ ।

प्रति युनिट रुपैयाँ ३९ पैसामा भारततर्फ बिजलुी निर्यात भएको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज ९आईएक्स० को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ ९भारु० मा हुने गरेको छ । त्यसैले प्राधिकरणले विद्युत् बिक्री गरी ८ अर्ब १५ करोड भारु आम्दानी गरेको छ ।

साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात भएको छ भने मंसिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको मात्र निर्यात भएको छ । भदौमा ३ अर्ब ६८ करोड, असोजमा ३ अर्ब ७ करोड र कात्तिकमा १ अर्ब ८७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको हो

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="