कुटपिट हुँदा एकजनाको मृत्यु


पुष १३, २०८१


मकवानपुर, १३ पुस। मकवानपुरमा सामान्य विवादमा कुटिएका पुरूषको उपचारका क्रममा मृत्यु भएको छ।

सोमबार मकवानपुरको थाहा नगरपालिका-१० मुलगाउँमा अन्दाजी ५३ वर्षीय हिराकाजी गोपालीमाथि कुटपिट भएको थियो।

आगो ताप्ने क्रममा सामान्य विवाद हुँदा जयराम गोपालीले उनीमाथि कुटपिट गरेका थिए।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका हिराकाजीलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो। काठमाडौंको दीर्घायू अस्पतालमा उपचारका क्रममा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

।कुटपिट गर्ने जयराम गोपालीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="