काठमाडौं,१४ पुस। रिक्त रहेको प्रतिनिधि सभाको सचिवमा हर्कराज राईको नाम सिफारिस भएको छ। तत्कालीन सचिव सुरेश अधिकारीले राजीनामा दिएपछि रिक्त सचिव पदमा राईको नाम सिफारिस भएको हो ।
सभामुख देवराज घिमिरेले झापाको शिवसताक्षी गाउँपालिक-२ निवासी राईलाई आइतबार प्रतिनिधि सभाको सचिवमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन्।
राई भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालको सल्लाहकारका रुपमा कार्यरत छन्। प्रतिनिधिसभाको सचिव बनेको ५ महिनामै अधिकारीले मंसिर ९ मा राजीनामा दिएपछि १ महिनादेखि प्रतिनिधिसभाको सचिव पद रिक्त रहेको थियो ।
राईले सार्वजनिक प्रशासनमा एमफील, राजनीतिशास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस