बझाङमा सुत्केरी आमा र नवजात शिशुको मृत्यु


पुष २३, २०८१


बझाङ२३ पुस। बझाङमा सुत्केरी आमा र नवजा शिशुको बाटोमै मृत्यु भएको छ। अस्पताल लैजाने क्रममा बाटोमै नवजात शिशुलाई जन्मदिएकी महिलाको उच्च रक्तश्रावका कारण बाटोमै मृत्यु भएको हो।

केदास्युँ गाउँपालिका-१ की २१ वर्षीया सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बाटोमै मृत्यु भएको हो । स्थानीय महिलाहरुले प्रसूति गराउनका लागि बोकेर अस्पताल लैजाने क्रममा बोहराले बाटोमै नवजात शिशुलाई जन्म दिएकी थिइन् ।

शिशु जन्मिएपछि अत्यधिक रक्तश्राव भएर उनको मृत्यु भएको केदास्युँ गाउँपालिका-१ का वडाध्यक्ष वीरबहादुर भण्डारीले बताए । उनकाअनुसार शिशुको पनि केही समयपछि मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="