दंगीशरणमा महोत्सव सञ्चालन हुने


२२ घण्टा अगाडि


दाङ,२४ पुस। पश्चिम दाङको दंगीशरण गाउँपालिकामा महोत्सव सञ्चालन हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित बागरमा फ्रेन्डस स्केट जोन प्रालि नारायणपुरको आयोजना तथा मितेरी युवा क्लब तुलसीपुरको सह–आयोजनामा महोत्सव सञ्चालन हुन लागेको हो ।

आयोजकले मंगलबार बागरमा पत्रकार सम्मेलन गरि प्रथम दंगीशरण कृषि, पर्यटन, व्यापारिक तथा साँस्कृतिक महोत्सव–२०८१ लगाउन लागेको जानकारी दिएको हो ।

यही पुस २८ गतेदेखी माघ ८ गतेसम्म महोत्सव चल्ने मेला आयोजक समितिका संयोजक अजय बुढाथोकीले बताए ।

स्थानीय कृषि उत्पादनलाई प्रबद्र्धन गर्नुकासाथै पर्यटकीय क्षेत्रको प्रचार प्रसारकालागि महोत्सव आयोजना गरिएको संयोजक बुढाथोकीको भनाई छ ।

महोत्सवमा करिब ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । तर, टिकेट विक्री तथा स्टलबाट आम्दानी गर्ने लक्ष्य रहेको संयोजक बुढाथोकीले बताए ।

महोत्सवमा प्रवेश शूल्क एक सय रुपैँया रहेको छ । महोत्सवमा पल शाहलगायतका कलाकारहरु समेत आउनेछन् ।

अहिले महोत्सव लगाउने स्थलमा संरचना तयारीको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="