तुलसीपुर बसपार्क दुर्घटना: मृतकका आफन्ती आन्दोलित


१० घण्टा अगाडि


दाङ,२५ पुस ।तुलसीपुरको बसपार्कमा बसको ठक्करबाट मृत्यु भएपछि मृतका परिवार आन्दोलित भएका छन्। तुलसीपुर महानगरपालिका वडा नम्बर ५ स्थित सम्झना टोल बस्ने ३९ वर्षीय तिर्सना बुढा मगरको बसले ठक्कर दिँदा मृत्यु भएको हो।

हिजो बुधबार दिउँसो बसको ठक्करबाट गम्भीर घाइते भएकी बुढा मगरको उपचारका क्रममा मृत्यु भएपछि उचित न्यायको माग गर्दै उनका परिवार र आफन्तले तुलसीपुर बसपार्कमा विरोध प्रदर्शन गरेका छन् ।

विरेन्द्र चोकबाट बसपार्कतर्फ जाँदै गरेको लु प्र ०२००१ ख ४४ नम्बरको बस्ने ठक्कर दिँदा उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

प्रहरीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएकी बुढा मगरलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल पुर्याइएको र लगत्तै उनको उपचारका क्रममा मृत्यु भएको थियो।

ठक्कर दिने बस र चालक तुलसीपुर–६ का ४२ वर्षका खेमराज ओलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ । तर मृतकका परिवारजनले यातायात समिति र प्रहरीले उचित कारवाही नगरेको भन्दै आन्दोलन जारी राखेका छन् ।

पीडित पक्ष, यातायात समिति र प्रहरी प्रशासनका बीचमा छलफल चली रहेको छ । पीडित पक्षले चालकको लापरबाहीका कारण घटना भएको भन्दै उचित क्षतिपूर्ती पाउनु पर्ने माग गर्दै आएका छन् ।

पीडित पक्षको मागको आधारमा त्यो दुर्घटनाको यथार्थ पत्ता लगाउनको लागि सिसीटिभी फूटेजहरु झिकेर लगेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="