विवाहको उमेर १८ वर्ष राख्न सुझाव


३ घण्टा अगाडि


काठमाडौं,२ माघ। विवाहको उमेर १८ वर्ष राख्न सुझाव दिएको छ। महिला र पुरुषको विवाहको उमेर फेरबदल गर्न सुझाव दिएको हो। प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको उपसमितिले बुधबार उक्त सुझावसहितको प्रतिवेदन पेस गरेको हो ।

मधेसको जनकपुर, लुम्बिनीको दाङ र सुदूरपश्चिम प्रदेशको कैलालीमा अध्ययनका निम्ति कानुन समितिले तीन उपसमिति गठन गरेको थियो । ती उपसमितिले समितिसमक्ष प्रतिवेदन पेस गरेका छन् ।

विवाहको वैध उमेर घटाउनु उपयुक्त हुने उपसमितिको अध्ययनको निष्कर्ष छ । हाल विवाहको उमेर महिला र पुरुष दुवैको २० वर्ष कायम छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="