दाङ,५ माघ। तुलसीपुर नगर जेसीजको १३औं पदस्थान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। वर्ष २०२४ का अध्यक्ष पूर्णविक्रम डागीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
पद हस्तान्तरण कार्यक्रमका अवसरमा बोल्दै मन्त्री न्यौपानेले नेतृत्व विकास, उद्यमशीलता, सामाजिक, स्वास्थ्य र वित्तीय क्षेत्रहरूमा नगर जेसिजले गरेको योगदानको प्रशंसा गरे। युवाहरूले यस संस्थाबाट धेरै कुरा सिक्नुपर्ने धारणा व्यक्त गरे। उनले उद्यमशीलतालाई प्रभावकारी बनाएमा भोट माग्न जानु नपर्ने समेत बताए।
कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले नगर जेसिजले युवाहरूको नेतृत्व विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको र सामाजिक कार्यमा स्थानीय सरकारसँग सहकार्य गर्नुपर्ने सुझाव दिए।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले स्थानीय सरकारसँग सहकार्य गर्दै समाजको विकासमा हातेमालो गर्न जेसिजलाई सुझाव दिए।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष घनश्याम ढकाल , राप्ती बबई क्याम्पसका क्याम्पस प्रमुख गणेश पार्धे, त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, महिला अधिकारकर्मी सुष्मा गिरीलगायतले शुभकामना मन्तव्य दिएका थिए।
कार्यक्रममा नवनिर्वाचित जेसिजका पदाधिकारीहरूलाई पदस्थान्तरण गरिएको छ। वर्ष २०२४ का अध्यक्ष डागीले वर्ष २०२५ का अध्यक्ष सन्दिप भुसाल नेतृत्वको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेका हुन् ।
कार्यकारी उपाध्यक्षमा रमेश रेग्मी, उपाध्यक्षहरुमा केशवराज न्यौपाने धिरज बस्नेत बसन्त योगी विकासजंग मल्ल र सुरज केसी रहेका छन्।
यसैगरी महासचिवमा बुद्दिराज सापकोटा, सहसचिवमा सुदीप केसी, कानुनी सल्लाहकारमा सुरज भण्डारी, जनसम्पर्क अधिकारीमा मेघराज पोखरेल चयन भएका छन्।
पद हस्तान्तरण कार्यक्रमको सहजीकरण महासचिव बुद्धिराज सापकोटाले गरेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस