दाङ,९ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ कचिला राम जानकी टोलमा आगलागी भएको छ। विद्युत् तार सर्ट हुँदा गोल्ची चौधरीको दुई तले कच्ची घरमा आगलागि भएको हो। आगलागीबाट करिब ५ लाख बराबरको क्षति भएको छ।
उक्त घटनामा करिब खाद्यान्न लत्ता कपडा र अन्य जिन्सी सामग्री गरी ४ लाख र घरमा रहेको नगद १ लाख गरी ५ लाख बढीको क्षति भएको छ। उक्त घटनाबाट मानवीय क्षति भने नभएको वडा अध्यक्ष खुसीराम चौधरीले जानकारी दिए।
बुधबार आज बिहान ७ बजेतिर लागेको थियो। टिनले छाएको उक्त घरमा भएको नगद एक लाखभन्दा बढी, लत्ताकपडा, र अन्य जिन्सी सामान जलेर नष्ट भएको छ। घरमा गोल्ची चौधरीसहित दुई छोरा, एक छोरी, नातिनी, र बुहारी गरी ६ जनाको परिवार रहेको छ।
स्थानीय बासिन्दा, प्रहरी, र दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो। आगो नियन्त्रण गर्नका लागि विद्युत् कार्यालय तुलसीपुर वितरण केन्द्रलाई सम्पर्क गरी लाइन काटेपछि नियन्त्रणमा सहज भएको वडा अध्यक्ष चौधरीले बताए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस