दाङ ,११ माघ। पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दाङको दंगीशरण ३ चखौरामा रहेको ऐतिहासिक थारु संग्राहलयको अवलोकन गरेका छन् । शुक्रवार उनले थारुहरुको अध्ययन तथा अनुसन्धान थलोको रुपमा रहेको थारु संग्रालयको अवलोकन गरेका हुन ।
थारु संग्राहलयको अवलोकन गदै पूर्व प्रधानमन्त्री दाहालले दक्षिण एशीयाकै राम्रो र महत्वपूर्ण संग्रालय रहेको बताए । उनले संग्राहलयले पर्यटन प्रबद्र्धन, थारु संस्कृतिको संरक्षण,इतिहासको संरक्षण र प्रबद्र्धनमा ठूलो योगदान र भूमिका खेल्ने बताए । दाङमा स्थापना भएको ऐतिहासिक थारु संग्रालय बन्नु राम्रो र लुम्बिनीकै लागि महत्वपूर्ण पर्यटकीय गन्तब्य रहेको बताए ।
पूर्व प्रधानमन्त्री दाहालले सामुदायिक क्षेत्रको पहलमा यति व्यवस्थित र ठूलो संग्राहलय स्थापना र सञ्चालन हुनु देशले गौरव गर्न लायक रहेको बताए । विभिन्न जातजातीहरुको इतिहास देखिने गरि यि र यस्तै संग्राहलयहरु स्थापना भएमा इतिहास जीवित रहने उनको भनाई थियो ।
संग्राहलयहरुले इतिहास मात्रै जिवित नराख्ने भन्दै पर्यटकीय गन्तब्य निर्माण गर्ने र पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने उल्लेख गरे । थारु संग्राहलयले पनि यो काम गरेको उनको भनाई थियो । उनले संग्राहलयको महत्व र स्थानीय भूमिका र सरकारको सहभागिताको विषयमा समेत जिज्ञासा राखेका थिए ।
संग्राहलयको महत्व र स्थापनाको विषयमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले जानकारी गराएका थिए । चौधरीले थारुहरुको इतिहास जिवन्त राख्न संग्राहलयको परिकल्पना गरिएको बताए ।
संग्राहलयको अवलोकन पछि पूर्व मन्त्री रेखा शर्माले थारुको इतिहास र संस्कृति, चालचलन, रहनशहन रितिरिवाज दर्साएको बताइन । उनले अझै यसलाई विस्तार र विकास गर्न आबश्यक रहेको बताइन ।
शर्माले संग्राहलाई वाह्य पर्यटन प्रबद्र्धनसंग जोडन जरुरी रहेको बताइन । उनले लुम्विनी र बर्दियामा आउने विदेशी पर्यटकलाई पनि यहाँ सम्म ल्याउन सकियो भने यहाँको ऐतिहासिक धरोहरको थप प्रचार प्रसार हुने बताइन ।
डा तोसिमा कार्कीले थारु सास्कृति संग्राहलय परम्पारगत कुराहरु रहेको बताइन । उनले जीवन कला संग्राहलयमा देखिएको बताइन । यसलाई वल्डवाइट बनाउनु पर्ने बताइन ।
उनले जुनसुकै समुदायको व्यक्तिहहरु पनि एक पटक थारु संग्राहलयमा आउन आग्रह गरिन । यहाँ संस्कृति छ, इतिहास छ, कला छ, यहाँ हाम्रो कथा छ, यहा दैनिकी जिवन छ , तसर्थ पनि एक पटक सबै आएर हेनुपर्ने थलो थारु संग्राहल हो जस्तो लाग्यो उनले भनिन । यसलाई राष्ट्रिय सम्पदाको रुपमा सूचिकृत भएर अगाडी बढ्नु पर्छ, वल्ड हेरिटेजमा पनि सुचीकृत गर्नु पर्ने बताइन ।
उनले आन्तरिक र बाह्य पर्टकहरुको गन्तब्य बन्नुपर्ने बताइन । संघीय सदनका शिक्षा समिति सभापति अमर बहादुर थापाले थारु संग्राहलयमा थारुको इतिहास देखेको बताए । पहिचान र इतिहास देखाएको र संरक्षण भएको बताए ।
उनले इतिहासलाई संक्षण गर्नु राज्यको दायित्व भए पनि यहाँ समुदायले गरेको उल्लेख गरे ।
पछिल्लो समय थारु संग्राहलयमा राजनीतिक व्यक्तिहरुको अध्ययन र अनुगमनको थलो बनेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस