दाङ,१६ माघ। तुलसीपुर नगर जेसीजले शहीदहरूको सम्मान र सम्झनामा दीप प्रज्वलन गरेको छ।
तुलसीपुर नगर जेसिजका कार्यबाहक अध्यक्ष केशवराज न्यौपानेको अध्यक्षता तथा बालरोग विशेषज्ञ डाक्टर किशोर खत्रीको प्रमुख आतिथ्यतामा दिप प्रज्वलन कार्यक्रम गरी सहित दिवस मनाएको हो।
दीप प्रज्वलन कार्यक्रममा डाक्टर खत्रीले सपना देखेर आहुति दिएका शहीदहरूको सपना पूरा गर्नुपर्ने जिम्मेवारी वर्तमान पुस्ताको रहेको बताएका थिए। उनले सहितका परिवारलाई राज्यले उचित सम्मान दिनुपर्नेमा जोड दिए।
सपना देखेर आहुती दिएका सहिदहरूको सपना पूरा गर्ने जिम्मेवारी वर्तमान पुस्ताको रहेको बताए। उनले सहिदका परिवारलाई उचित सम्मान दिनुपर्नेमा जोड दिए।
पछिल्लो समय दुर्घटनामा परि मृत्यु भएका अकालमा ज्यान गुमाएका व्यक्तिहरूलाई पनि सहितको नाम दिएर सहिद घोषणा गरिनुले वास्तविक सहिदहरूप्रति अपमान भएको बताएका थिए।
जेसिजका पूर्व अध्यक्ष शालिकराम ओलीले सहिदहरूको योगदान स्मरण गर्दै, “सहिदहरूको सम्मानमा कति काम भयो? कति सपना साकार भए? राजनीतिक नेतृत्वले के गर्यो? कसले कति भूमिका खेल्यो?” भन्ने विषयमा आत्मसमीक्षा आवश्यक रहेको बताएका थिए।
निवर्तमान अध्यक्ष पूर्ण विक्रम डाँगीले सहिदहरूको बलिदानबारे चर्चा गर्दै, उनीहरूको योगदान भुल्न नहुने बताए।
कानुनी सल्लाहकार सुरज भण्डारीले ‘जेसीज आस्था पाठ’ प्रस्तुत गरेका थिए।
कार्यक्रम संयोजक धिरज बस्नेतले स्वागत मन्तव्य राख्दै सहिद परिवारप्रति समवेदना प्रकट गरे। कार्यक्रमको सहजीकरण महासचिव बुद्धिराज सापकोटाले गरेका थिए।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले सहिदहरूको योगदानको कदर गर्दै उनीहरूको सपना पूरा गर्न सबै तहबाट पहल आवश्यक रहेको बताएका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस