दाङ ३ फागुन। दाङको तुलसीपुरमा दोस्रो कृषि पर्यटक तथा सांस्कृतिक महोत्सव २०८१ चलिरहेको छ। फागुन १ गतेदेखि सुरु भएको महोत्सवको तेस्रो दिन आज शनिबार चर्चित कलाकारहरू आस्था रावत ,भूमिका गिरी, कृष्ण रेउले लगायत अन्य कलाकारहरूको प्रस्तुति रहेको थियो।
साँझपख महोत्सव स्थल झनै उत्साहित बनेको थियो, जब चर्चित गायिका आस्था राउतले स्टेज तताइन्।
चिसो मौसमका बाबजुद पनि दर्शकहरूको जोस उस्तै थियो। आस्थाले एकपछि अर्को लोकप्रिय गीत गाएर दर्शकलाई नचाइन्, गाउन बाध्य पारिन्।
उनका फ्यानहरूले साथ छोडेनन्, स्टेजतिर हौसिएर उनको गायनमा रमाए। चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा.. नाकैमा फुली कानैमा झुम्का… सालको पात टपरी गाँसेर.. लगायतका थुप्रै गीतहरू उनले गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरिन्। उनीसँगै झमक्कै साँझ परुन्जेलसम्म दर्शकहरू सँगै गाउने नाच्ने र रमाउने गरे।
त्यस्तै, चर्चित लोक तथा दोहोरी गायिका भूमिका गिरीले पनि आफ्नो प्रस्तुतिले दर्शकलाई दिनभर झुमाइन्। लोकभाकाको मिठासमा महोत्सवभरि रौनक थपियो।
यसैगरी, चर्चित लोक तथा दोहोरी गायक कृष्ण रेउलेले आफ्नो प्रस्तुति मार्फत दर्शकलाई छमछमि नचाएका थिए । उनले दर्शकलाई गीत पनि गाउन लगाए, जसले माहोल अझै रमाइलो बनायो।
महोत्सवमा विभिन्न व्यापारिक स्टलहरू, कृषि प्रदर्शनी, बाल उद्यान, र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने सामग्रीहरू पनि आकर्षणका केन्द्र रहेका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस