दाङ, ६ फागुन । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज पनि चर्चित कलाकारको प्रस्तुति रहने छ । महोत्सवमा आज छैठौँ दिन चर्चित कलाकार एलिना चौहानसहितका कलाकारको प्रस्तुति रहने साँस्कृतिक संयोजक सन्तोष खड्काले बताए ।
गायिका चौहानसहित गायक रमेश शर्मा, शिव संगित लगायतका कलाकारको प्रस्तुति संयोजक खड्काले बताए । तुलसीपुरमा फागुन १ गतेदेखि दोस्रो तुलसीपुर महोत्सव शुरु भएको हो ।
‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार स् सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ आयोजित यो महोत्सव फागुन १६ गतेसम्म सञ्चालन हुनेछ ।
स्थानीय उत्पादन, पर्यटन, कला, र संस्कृतिको प्रवद्र्धन लागि महोत्सवको आयोजना गरिएको आयोजक तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीले बताए ।
महोत्सवमा ५०० भन्दा बढी स्टलहरू राखिएका छन् । स्टलमा कृषिजन्य वस्तु, हस्तकला, अटोमोबाइल्स, मेसिनरी, वित्तीय सेवा, सूचना प्रविधि र विभिन्न जातजातिका परिकारहरूको प्रदर्शनीमा राखिएको छ ।
महोत्सवमा दैनिकजसो दर्शकको संख्या बढ्दै गएको छ । ‘दर्शकको सहभागीता उत्साहजनकरुपमा बढीरहेको छ ।’ उनले भने–‘आगामी दिनमा पनि थप उत्साहजनक सहभागीता रहनेछ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस