after_navbar

महोत्सवमा आज रचना रिमाल आउने


फागुन ०८, २०८१


दाङ,८ फागुन । स्थानीय उत्पादनको प्रवद्र्धन र व्यापार विस्तारका लागि सञ्चालन भइरहेको महोत्सवमा आज चर्चित गायिका रचना रिमाल, गायिका आशा बिसी लगायतका स्थानीय तथा राष्ट्रिय कलाकारले प्रस्तुति दिने भएका छन्।

साँस्कृतिक संयोजक सन्तोष खड्काका अनुसार महोत्सवको आजको विशेष सांगीतिक कार्यक्रमलाई थप आकर्षक बनाउन राष्ट्रिय कलाकारहरूको सहभागिता सुनिश्चित गरिएको छ।

ad

‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नारासहित सञ्चालन गरिएको महोत्सव फागुन १६ गतेसम्म जारी रहनेछ। महोत्सवले कृषि, पर्यटन, व्यापार र संस्कृतिको प्रवद्र्धन गर्दै स्थानीय उत्पादनलाई बजारीकरण गर्ने, स्वदेशी व्यापारलाई प्रवद्र्धन गर्ने तथा स्वरोजगारका अवसरहरू सिर्जना गर्ने लक्ष्य राखेको आयोजकले बताएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="