after_navbar

लखन कप फुटबलको उपाधिका लागि सिएसए र बिएफएल भिड्ने


फागुन ०, २०८१


दाङ, ९ फागुन । नेपालका प्रथम शहीद लखन थापा मगरको १४८औँ स्मृतिमा घोराहीमा जारी खुला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा चौघेरा स्पोर्ट्स एकेडेमी ९सीएसए० र बिएफएल उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा घोराही उपमहानगरपालिका–१८, नवलपुर फुटबल मैदानमा जारी प्रतियोगितामा शुक्रबार सम्पन्न दुई सेमिफाइनल खेलबाट फाइनलका प्रतिस्पर्धी तय भएका हुन्।

ad

पहिलो सेमिफाइनल खेलमा चौघेरा स्पोर्ट्स एकेडेमीले युएनबीसीलाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ३९औँ मिनेटमा हेमन्त विकले पहिलो गोल गर्दै चौघेरालाई अग्रता दिलाए। दोस्रो हाफमा सागर पुनले लगातार ह्याट्रिक गोल ९३, ११ र १६ मिनेटमा० गर्दै टिमलाई सहज जीत दिलाए। युएनबीसीका निशान घर्तीले सान्त्वना गोल फर्काए। शानदार प्रदर्शन गरेका सागर पुन खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।

दोस्रो सेमिफाइनलमा बिएफएलले नवलपुर फुटबल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गर्यो। खेलको पहिलो हाफमा दुवै टिम गोलविहीन रह्यो। दोस्रो हाफको २२औँ मिनेटमा नवलपुरका मौसम थापाले पेनाल्टी एरियामा फल गरेपछि बिएफएलले पेनाल्टीको अवसर प्राप्त गर्यो, जसलाई प्रमोद बुढाले गोलमा परिणत गर्दै टिमलाई विजयी बनाए। उत्कृष्ट प्रदर्शन गरेका प्रमोद ‘प्लेयर अफ द म्याच’ घोषित भए।

प्रतियोगिताको फाइनल खेल फागुन १० गते ९शनिबार० दिउँसो १ बजेपछि नवलपुर फुटबल मैदानमा हुनेछ। प्रतियोगितामा दाङ, सल्यान, र रोल्पाका गरी १६ टिमको सहभागिता रहेको थियो।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमलाई ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। पुरस्कार वितरण कार्यक्रम फागुन १५ गते मगर दिवसको अवसरमा गरिने सहसंयोजक अशोक घर्तीले जानकारी दिए।

नेपाल मगर संघ घोराही नगर समितिले शहीद लखन थापा मगरको सम्मानमा हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ। संघका अनुसार खेलकुदको प्रवर्द्धनका साथै शहीदको योगदानलाई स्मरण गराउन प्रतियोगिता आयोजना गरिएको हो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="