दाङ, १० फागुन । तुलसीपुर महोत्सवमा शनिबार चर्चित गायक चक्र बम र गायिका सम्झना भण्डारीको दमदार प्रस्तुतिमा दर्शकहरु झुमेका छन् । शनिबारको महोत्सवमा दर्शकको उपस्थिति उल्लेख्य रहेको थियो ।
दर्शकले खचाखच भरिएको महोत्सवमा लोकप्रिय कलाकारहरूले आफ्नो हिट गीत गाउँ रौनकता छाएको थियो । चक्र बमले ‘ओय काजल’ लगायतका गीतहरू गाएर माहोल तताए भने सम्झना भण्डारीले ‘घाँसै काट्यो खोलि दोभान’ जस्ता गीत प्रस्तुत गरी दर्शकलाई नचाए ।
यस्तै हाँस्य कलाकार कमल गाउले, गायक रोशन रतगैया, टंक खड्का, दीपक वली तथा नृत्यांगना आरुसी मगर रोशन रत्गैँया, रजिना परियार लगायतको प्रस्तुति रहेको थियो ।
साँझ परिसक्दा समेत कार्यक्रम अवधिभर दर्शकहरूको उत्साहजनक सहभागीता रहेको थियो । महोत्सवमा भोलि चर्चित गायिक शान्ति श्री परियार, अर्जुन सापकोटा, कुल बहादुर वली आउने साँस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिए ।
‘महोत्सवमा शनिबार पनि दर्शकको उल्लेख्य सहभागीता रह्यो ।’ उनले भने–‘आइतबार पनि चर्चित कलाकारको प्रस्तुति रहनेछ, त्यसकारण दर्शकको संख्यामा कमी आउने छैन ।’
तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा जारी महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति रहँदै आएको छ । महोत्सव फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ महोत्सव सुरु भएको हो ।
महोत्सव तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा फागुन १ गतेदेखि सन्चालन भैरहेको छ ।
महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीले महोत्सवमा सहभागी भई मनोरञ्जन लिन तथा स्थानीय व्यापार प्रवद्र्धन गर्न सबैमा आग्रह गरेका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस