दाङ, १४ फागुन । तुलसीपुरमा जारी ‘दोस्रो तुलसीपुर महोत्सव’ मा आज १४ औँ दिनमा चर्चित गायिका तथा मोडल ज्योति मगर आउने भएका छ्न। ज्योतिको प्रस्तुतिमा आज महोल रोमाञ्चक बन्ने देखिएको छ ।
महोत्सवमा आज दर्शकको संख्या पनि खचाखच हुने अनुमान गरिएको छ । साँस्कृतिक संयोजक सन्तोष खड्काका अनुसार आज चर्चित गायिका ज्योतिमगरसंगै चर्चित गायक टंक तिमिल्सीनाको पनि धमकेदार प्रस्तुति रहने भएको छ ।
यस्तै गायिका सपना रोका , पार्वती चौधरी, गायक प्रकाश रेग्मी, दिपक वली लगायतको प्रस्तुति रहने भएको छ ।
जारी महोत्सवले व्यापार प्रवद्र्धनका साथै स्थानीयवासीहरूलाई मनोरञ्जन प्रदान गर्दै आएको छ । महोत्सवका प्रत्येक दिन दर्शकहरूको उपस्थिति उल्लेख्य हुने गरेको महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीले जानकारी दिए ।
तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा फागुन १ गतेदेखि शुरु भएको महोत्सव १६ गतेसम्म संचालन हुनेछ । संयोजक भण्डारीले महोत्सव आजसहित तीनदिन मात्रै बाँकी रहेकोले सहभागीताका लागि सम्पूर्णमा अनुरोध समेत गरेका छन् ।
महोत्सवको मुख्य आकर्षणको रूपमा कलाकारहरूको प्रस्तुति, स्थानीय तथा परम्परागत संस्कृतिको झल्को दिने कार्यक्रमहरू, कृषि तथा औद्योगिक प्रविधि प्रदर्शनी र विविध मनोरञ्जनात्मक गतिविधिहरू रहेका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस