after_navbar

ट्रपसंगको विवादपछि ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की


फागुन १७, २०८१


काठमाडौं,१७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको कडा बहसपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर पठाइएको छ।

अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार शुक्रबार करिब १० मिनेटसम्म चलेको विवादपछि जेलेन्स्की नेतृत्वको युक्रेनी प्रतिनिधिमण्डललाई ओभल अफिसबाट बाहिर जान भनिएको थियो। बहसपछि युक्रेनी टोली अर्को कोठामा सरेको भए पनि अमेरिकी पक्ष भने बैठकस्थलमै बसेको थियो।

ad

यसपछि ट्रम्पले उपराष्ट्रपति जेडी भेन्स, विदेशमन्त्री मार्को रुबियो र अधिकारी माइक वाल्ट्जसँग छलफल गरेका थिए। छलफलपछि ट्रम्पले जेलेन्स्की वार्ताका लागि उपयुक्त अवस्थामा नरहेको बताउँदै उनलाई फर्किन सन्देश दिन निर्देशन दिएका थिए।

जेलेन्स्कीले पुनः संवाद गर्न चाहेको बताउँदा पनि उनले अवसर पाएनन्। साथै, दुवै नेताबीच तय गरिएको संयुक्त पत्रकार सम्मेलनसमेत रद्द गरिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="