after_navbar

खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता सुरु: दाङ सोसाईटी र ओली बंशावली बिजयी


फागुन २०, २०८१


घोराही, २० फागुन । दाङको घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

जिल्ला समन्वय समितिको मञ्चमा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य योगेन्द्र चौधरीले जिल्लामा खेलकुद क्षेत्रको विकाससँगै नयाँ खेलाडी उत्पादनमा प्रतियोगिताले सहयोग गर्ने बताएका छन् । खेल क्षेत्रमा भएको अनुशासनसँगै टिमवर्कको भावना सवैले सिक्न जरुरी रहेको बताएका थिए ।

ad

कार्यक्रममा नेपाली कांग्रेसका दाङका सभापति शंकरप्रसाद डाँगीले जिल्लामा नयाँ खेलाडी उत्पादनसँगै खेलकुद क्षेत्रको विकासमा प्रतियोगिताको महत्वपूर्ण भूमिका रहेको बताए । खेलका माध्यमबाट युवाहरुलाई जोड्दै स्वर्गीय नेता एवं पूर्व मन्त्री खुमबहादुर खड्काको योगदानलाई सदैव जीवन्त राख्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले राजनीति गर्ने पार्टीले खेलकुद प्रतियोगिताको आयोजना गरेर जिल्लामा खेलकुद क्षेत्रको विकाससँगै क्षमता अभिवृद्धिका लागि अवसर सिर्जना गरेको बताएका थिए । बक्ताहरुले प्रतियोगितासँगै राम्रो सुविधासम्पन्न खेल खेल्ने ठाउँको विकास हुन आवश्यक रहेको बताएका थिए ।

नेपाली कांग्रेस दाङका सहसचिव एवं खुमबहादुर खड्का समाज विकास समितिका संयोजक राजु आचार्यको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य अनुराग खड्का, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भुपबहादुर डाँगी, नेपाली कांग्रेसका क्षेत्र नं ३ का सचिव पूर्ण केसी, नेपाली कांग्रेस घोराही उपमहानगरपालिका सभापति तिलक रावत, बंगालचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समितिकी सदस्य सुशीला गुरुङको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण समितिका सदस्य रेखबहादुर वलीले गरेका थिए ।

फागुनको २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका दश टिमको सहभागीता रहेको छ । जसमा राजपुर गाउँपालिका, दंगीशरण गाउँपालिका, मनिमुकुन्द भलिबल क्लव रुपन्देही, होराइजन स्पोट्र्स क्लब बुटवल, प्वाङ सेवा समाज दाङ, ओली वंश समन्वय समिति दाङ, गोरखा बोर्डिङ लमही, दाङ सोसाइटी क्लब र रोयल मुर्कुटी युवा क्लब बंगलाचुली प्रतियोगितामा सहभागी छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद दुई लाख ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टिमले नगद एक लाख २५ हजार र तेस्रो हुने टिमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

दाङ सोसाईटी क्लव र ओली बंशावली बिजयी

चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा दाङ सोसाईटी क्लव र ओली बंशावली समन्वय समिति दाङको टिमले बिजयी सुरुवात गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा रोयल बंगलाचुली युवा क्लवलाई २–१ को को सेटमा र दोश्रो खेलमा ओली बंशावली समन्वय समितिले सोझो २–० सेटमा बिजयी निकाल्न सफल भएका हुन ।

विभागीय नेपाल आर्मीको भलिवल टिमका खेलाडी धनबहादुर भट्टलगायतका खेलाडी सहभागी दाङ सोसाईटी क्लवले पहिलो सेट हारेपनि त्यसपछि लगातार दुई सेट जित्दै बिजयी भएको थियो । प्रतियोगिता फागुनको २४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="