after_navbar

सर्बियाको संसदभित्र ग्रिनेड प्रहार


फागुन २१, २०८१


बेओग्रेड, सर्बिया। सर्बियाको संसद्मा विपक्षी सांसदहरूले संसद्भित्र धुँवा निस्किने ‘स्मोक ग्रिनेड’ प्रहार गरेपछि संसद् भवनमा कोलाहल मच्चिएको छ। संसद् बैठक चलिरहेको बेला सांसदहरूले विरोधस्वरूप ग्रिनेड प्रहार गरेको बीबीसीले जनाएको छ।

विपक्षी सांसदहरूले हाल देशमा भइरहेको विद्यार्थी आन्दोलनको समर्थन गर्दै सरकारविरुद्ध आक्रोश व्यक्त गरेका थिए। संसद्भित्र सुरक्षा बलहरूले नियन्त्रण गर्न खोज्दा झडप भएको र त्यसक्रममा तीन जना सांसद घाइते भएको बताइएको छ। प्रहरी स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, एक सांसदलाई हृदयाघात भएको छ र उनको अवस्था गम्भीर छ।

ad

चार महिनाअघि एउटा रेल स्टेशनको छाना खस्दा १५ जनाको मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित छन्। उनीहरूले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। आन्दोलन बिस्तारै व्यापक रूप लिँदै गएको छ।

सत्तारूढ पक्षले भने आन्दोलनलाई बाह्य शक्तिहरूले उचालेको दाबी गरेको छ। उनीहरूको आरोपअनुसार, पश्चिमा गुप्तचर निकायहरूले सरकारलाई अस्थिर बनाउन प्रदर्शनलाई उक्साइरहेका छन्।

तस्बिर एजेन्सी

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="