after_navbar

पौडेलको अनुभवको संगालो कविता संग्रह विमोचन


चैत ०१, २०८१


दाङ २ चैत्र  । अनुभवको संगालो कवितासंग्रह प्रकाशन भएको छ । कवि सूर्यप्रसाद पौडेलले कविता  संग्रह प्रकाशनमा ल्याएका हुन । 

पूर्व शिक्षक तथा साहित्यकार  पौडेलले जीवन भोगाइमा आधारित  कवितसंग्रह  प्रकाशनमा ल्याएका हुन्। कथा संग्रहको शनिबार एक कार्यक्रमका बीच तुलसीपुरमा विमोचन गरिएको छ। दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा कविता संग्रह  विमोचन कार्यक्रम गरिएको हो।
वरिष्ठ साहित्यकार गणेश बिशमले कविता संग्रहको विमोचन गरेका हुन् । कवि सूर्यप्रसाद पौडेलले आफ्नो जीवनमा भएका अनुभवहरूलाई  कवितामा रूपान्तरण गरेर कृति प्रकाशन गरेको बताए ।  उनले यो संग्रह भित्र जीवन भोकाइएका कथाहरू रहेको र विसं २०५० सालदेखि अहिलेसम्मका विभिन्न समयमा लेखिएका कविता समाबेश गरिएको   गरिएको जानकारी दिए ।

ad

प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधरको अध्यक्षतामा भएको कार्यक्रममा कृति समीक्षक दीपक कुमार आचार्यले कविता संग्रहले यस क्षेत्रको साहित्य क्षेत्रलाई थप मद्दत पुर्‍याएको बताए। उनले जीवन भोगाइ र समग्र अवस्थाको विषयमा कवितासंग्रहले चित्रण गरेको  बताए। कार्यक्रममा  मावि तुलसीपुर सेन्टरका प्रधानाध्यापक भागवत पौडेल, लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कविता संग्रह प्रकाशक धर्मराज पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संग्रहको विषयमा कवि सूर्यप्रसाद पौडेलले प्रकाश पारेका थिए भने कार्यक्रम सञ्चालन दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका सचिव ले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="