after_navbar

सगरमाथा स्कुलमा अभिभावक शिक्षा कार्यक्रम


चैत ०१, २०८१


दाङ २ चैत । तुल्सीपुर ९ बेलुवामा रहेको सगरमाथा स्कुलले अभिभावक शिक्षा कार्यक्रम गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमकान्त खरेलको सभापतित्वमा तथा प्रमुख प्रशिक्षक प्रतीक्षा गौतम को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

ad

गौतमले बालबालिकाको पहिलो पाठशाला घर र पहिलो गुरु अभिभावक भएको भन्दै अभिभावक चनाखो हुनु पर्ने बताइन । बालबालिकाहरूलाई कुनै पनि नियममा राख्दाखेरि त्यो आफूबाटै लागू गर्नुपर्ने भनाइ थियो। पछिल्लो अवस्थामा अभिभावकहरूले भनेको बच्चाहरूले नमान्ने, नटेर्ने, अटेरी गर्ने र बालबालिकाहरु बिग्रिदै गएका गुनासाहरु विद्यालयमा आइरहँदा अभिभावक शिक्षा आजको आवश्यकता भएको महसुस गरी यस्तो खालको कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रिन्सिपल छवि कुमार वलीले बताए । वलीले अभिभावकले आज सिकेका कुराहरू व्यवहारमा लागू गर्न सके मात्र छोराछोरीको भबिष्य सोचेको जस्तो हुने कुरामा विश्वस्त गरे । कतिपय कुराहरू सही हो भनेर गर्दागर्दै गलत गरिराखेका रहेछौं आजको अभिभावक शिक्षा कार्यक्रमले हाम्रो आँखा खोलिदिएको छ। हामी हर्षित छौं अभिभावक सीताचन्द डांगीले भने  ।

कार्यक्रममा विद्यार्थीहरूले आफ्नो नृत्य प्रस्तुत गरेका थिए भने विद्यालयका भाइस प्रिन्सिपल केशर बुढाथोकीले बुवाआमा शीर्षकको कविता वाचन गरेका थिए । विद्यालयका एकाडेमिक हेड तिलक डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले गरेक थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="