after_navbar

तुलसीपुर खानेपानीमा नयाँ नेतृत्व, अध्यक्षमा यमकान्त


चैत ०३, २०८१


दाङ ४ चैत ।  तुल्सीपुर खानेपानी तथा सरसफाई संस्थामा नयाँ नेतृत्व आएको छ।  निर्वाचन मार्फत तुलसीपुर खानेपानीमा नयाँ नेतृत्व आएको हो । खानेपानीमा काङ्ग्रेस समर्थित लोकतान्त्रिक प्यानलका ८ जनस उम्मेदवर हरु निर्वाचन भएका छन । सचिवमा एमाले र राप्रपा समर्थित उम्मेदवार विजय भएका हुन । नौ  सदस्य कार्यसमिति रहेको खानेपानीमा आठ जना नेपाली कांग्रेस समर्थित र एकजना एमाले राप्रपा समर्थित निर्वाजित भएका छ्न ।
तुलसीर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा दोस्रो कार्यकालका लागि लोकतान्त्रिक प्यानलका यमकान्त भण्डारी अध्यक्षमा निर्वाचित भएका छन् । नौ जना पदाधिकारी मध्य एक जना बाहेक सबै पदहरुमा काँग्रेस उम्मेदवार निर्वाचित भएका हुन ।
सोमबार बिहान सार्वजनिक अन्तिम मत परिनाम अनुसार नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार भण्डारीले दुई हजार नौं सय ६९ मत प्राप्त गरि बिजयी भएका हुन । भण्डारी यसअघि पनि खानेपानीको अध्यक्ष थिए ।
निर्वाचन समितिका संयोजक प्रदीपकुमार धितालका अनुसार २९६९ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी नेकपा माओबादी केन्द्रका उम्मेदवार सिताराम शर्माले २३८१ मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित भण्डारी निकटतम प्रतिष्पर्धी शर्मा भन्दा ५८८ मत बढी प्राप्त गरि निर्वाचित भएका हुन ।
अर्का  नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार मनोज लामिछानेले १२१३ मत प्राप्त गरे । उनीलाई राप्रपाले सहयोग गरेको थियो ।
लामिछाने प्राप्त गरेको मत अध्यक्षमा निर्वाचित भण्डारी भन्दा १७५६ले कम हो । लामिछाने शर्मा भन्दा ११६८ मत कम प्राप्त गरे ।
उपाध्यक्ष पदमा नेपाली काँग्रेसकै उम्मेदवार नारायणप्रशाद शर्मा निर्वाचित भएका छन् । २७०६ मत प्राप्त गरि शर्मा निर्वाचित भएका हुन ।
उनका निकटतम प्रतिष्पर्धी राप्रपाका लक्ष्मण केसीले १९०३ र अर्का प्रतिपर्धी माओबादीका दुर्गाप्रशाद भण्डारीले १४२० मत प्राप्त गरे । काँग्रेसका शर्माले राप्रका केसी भन्दा ८०३ र माओबादीका भण्डारी भन्दा १२८६ मत बढी मत प्राप्त गरि निर्वाचित भएका हुन ।
सचिव पदमा भने नेकपा एमालेका भुवन भुसाल निर्वाचित भए । भुसालले २४५१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रञ्जनकुमार गौतमले २४१३ मत प्राप्त गरे । यी दुई बीचको मतान्तरण ३८ छ ।
मतगणनाको सुरुमा परिनाम सार्वजनिक हुँदा भुसालको अग्रता थियो । त्यसपछि भने काँग्रेसका गौतमले अग्रता लिएका थिए ।
यी दुई बीचको रोचक प्रतिष्र्धाका बीच अन्तिममा भुसाल झिनो मतान्तरले निर्वाचित भएका हुन । सचिव पदका अर्का उम्मेदवार माओबादी केन्द्रका रुद्रबहादुर वलीले १०९५ मत प्राप्त गरे ।

कोषाध्यक्ष पदमा पनि नेपाली काँग्रेसकै भोलाप्रसाद थापा बिजयी भएका छन । थापाले निर्वाचनमै सबैभन्दा लोकप्रिय मत प्राप्त गरे । थापा ३२६८ मत प्राप्त गरि निर्वाचित हुदा निकटतम प्रतिस्पर्थी  एमालेकी सुशिला न्यौंपानेले १४२३ र माओबादीका कर्णबहादुर वलीले १२०६ मत प्राप्त गरे ।
थापा निकटतम प्रतिष्पर्धी न्यौंपाने भन्दा १८४५ र माओबादीका वली भन्दा २०६२ बढी मत प्राप्त गर्न सफल भए ।
सदस्य तर्फका पाँचै सिट नेपाली काँग्रेसका उम्मेदवारले जितेका छन् । खुल्ला सदस्य तर्फ नेपाली काँग्रेसकै प्रमोदकुमार योगी (शरद) २५०७ र बुद्धिराम चौधरी २१२० मत प्राप्त गरि निर्वाचित भए । अन्य दलका उम्मेदवारहरुले आधा कम मत प्राप्त गरेका छन् । त्यस्तै महिला सदस्य तर्फ सुष्मा अधिकारी २४५९ , लुमा बुढा मगर २३८५ र शारदी सार्कीले २१४८ मत प्राप्त गरि निर्वाचित भए ।
शनिबार तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा ७ हजार १ सय ८२ मत खसेको थियो ।निर्वाचनमा ३ हजार ७ सय २१ जना मतदाता उपस्थित भएनन् । खानेपानी संस्थामा १० हजार ९ सय १९ जना मतदाता थिए ।  निर्वाचनमा दलित उम्मेदवार प्तानल सहित नेतृत्वको प्रतिस्पर्धामा थिए ।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="