after_navbar

खानेपानीमा लोकप्रिय भोला


चैत ०३, २०८१


दाङ, ४ चैत । तुल्सीपुर खानेपानी तथा सरसफाई संस्थाको निर्वाचनमा लोकप्रिय मत प्राप्त गरेर कोषाध्यक्ष भोलाप्रसाद थापा लोकप्रिय उम्मेदवार बनेका छन्।

थापा निकटतम प्रतिष्पर्धी न्यौंपाने भन्दा १८४५ र माओबादीका वली भन्दा २०६२ बढी मत प्राप्त गर्न ब्यक्ति हुन

ad

खानेपानीमा खानेपानी निर्वाचनमा कुल खसेको मतको झण्डै ४७% मत प्राप्त गरेर उपभोक्ता माझ थापा लोकप्रिय देखिएका हुन्। यसअघि स्वतन्त्र रूपमा उम्मेद्वार बनेका थापा कोषाध्यक्ष पदम लोकप्रिय मत ल्यएरै निर्वाचित भएका थिए । थापा यसपटक कांग्रेस समर्थित लोकतान्त्रिक प्यानलबाट कोषाध्यक्षका उम्मेदवार बनेका थिए। उनले आफ्ना प्रतिस्पर्धी भन्दा दोब्बर बढी मतान्तरले कोषाध्यक्षमा विजय भएका छन उनलाई यो निर्वाचनमा लोकप्रिय मत प्राप्त भएको छ । भोला थापाले ३२७८ मत ल्याउँदा प्रतिपक्षले १४२३ मत मात्र प्राप्त गरेको छन ।

खानेपानी संस्थालाई आर्थिक सुशासनमा अब्बल भएका थापा यसपटक पनि उपभोक्ताहरूले पूर्ण रुपमा रुचाएको देखिएको छ । एक कार्यकाल कोषाध्यक्षमा काम गरिसकेका थापाले तुल्सीपुर खानेपानीको कोषलाई व्यवस्थापन सहित आर्थिक सुशासन र पारदर्शिता अपनाएका थिए । यहि देखेर उपभोक्ताहरूले उनीमाथि थप विश्वास व्यक्त गरेका छन ।
हँसिला मिजासिला र सबैसँग मिल्न सक्ने क्षमता रहेका थापा सबै उपभोक्ता माझ चर्चित छन ।

कोषाध्यक्ष पदमा भोलाप्रसाद थापाले ३२६८ मत प्राप्त गरी सबै उम्मेदवारहरुमा लोकप्रिय मत प्राप्त गरेक हुन । उनको निकटतम प्रतिस्पर्थी एमालेकी सुशिला न्यौंपानेले १४२३ र माओबादीका कर्णबहादुर वलीले १२०६ मत प्राप्त गरे ।
थापा निकटतम प्रतिष्पर्धी न्यौंपाने भन्दा १८४५ र माओबादीका वली भन्दा २०६२ बढी मत प्राप्त गर्न ब्यक्ति हुन । प्रतिस्पर्धीमा सबैभन्दा बढी मतान्तर पनि कोषाध्यक्षमै भएको छ। भने सबैभन्दा बढी मत पनि कोषाध्यक्ष भोला थापाले प्राप्त गरेका हुन् ।
निर्वाचनमा तीन वट प्यानलमा निर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="