after_navbar

पिएम कपमा लुम्बिनी ८३ रनले विजयी


चैत ०३, २०८१


लमही, ४ चैत ।
नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामामा मधेश प्रदेशलाई ८३ रनले हराएसँगै लुम्बिनी प्रदेशले चाैथाे जीत हासिल गरेकाे छ । लुम्बिनीका स्पिनरले कसिलाे बलिङ गरेपछि मधेश प्रदेशले मध्यम लक्ष्य पनि जित्न सकेन ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अाज भएको खेलमा १५९ रनकाे विजयी लक्ष्य पछ्याएकाे मधेश प्रदेशका कुनै पनि खेलाडीले जिम्मेवारीपूर्वक ब्याटिङ गर्न नसक्दा लुम्बिनीले ८३ रनकाे सानदार जीत निकाल्याे।

ad

युवा खेलाडी सम्मिलित लुम्बिनीका खेलाडीले मधेशका चार खेलाडीलाई बाेल्ड गर्दा ३ खेलाडी एलबीडब्लू आउट भए । १-१ जना स्पम्पिङ आउट, रनआउट र क्याच आउटकाे सिकार हुँदै २५ दशमलव ५ अाेभरमा सबै विकेट गुमाएर मधेश प्रदेशका खेलाडीले जम्मा ७५ रन जाेडे ।मधेशका लागि दीपेश दासले ५९ बल खेलेर १ चाैकासहित २३ रन बनाएर रनआउट हुन पुगे । हरिशंकर शाहले ३३ बलमा १ चाैकासहित १४ रन जाेडेर विप्रसन केसीको बलमा एलबीडब्लू आउट भए ।
पहिलाे अाेभरमा राम्रो शुरुवात गरेकाे मधेशका लागि हतारिएर ब्याटिङ गर्दा सस्तैमा समेटिए ।पहिलाे पावर प्लेमा ३३ रन जाेड्दा ४ विकेट गुमाएको मधेश प्रदेश २६ दशमलव ५ अाेभरमा अलअाउट भयाे ।

मधेशका लागि दुई जना बाहेक अरु कुनै पनि खेलाडीले दाेहाेराे अंककाे रन जाेड्न सकेनन् । कप्तान अनिल साह ६ रनमा स्पम्पिङ अाउट हुँदा राेशन बिक ४ रनमा रमेश कुर्मीकाे बलमा बाेल्ड भए ।मयन यादव २ रन, पवन सर्राफ १ रन, प्रदीप पासवान ८ रन, रुपेश सिंह ९ रन, कमल गुप्ता २ रन बनाएर पेभेलियन फर्किँदा विशाल पटेल र रञ्जित कुमारले खाता नै खाेल्न सकेनन् ।मधेशकाे टीमदाई धरासयी बनाउन रमेश कुर्मीले ८ अाेभरमा २ मेडनसहित जम्मा १० रन दिएर महत्त्वपूर्ण ४ विकेट लिए ।
विप्रसन केसीले ५ अाेभरमा ३ मेडनसहित जम्मा ७ रन दिएर ३ विकेट लिए ।कप्तान देव खनालले २ अाेभरमा ८ रन दिएर १ विकेट, अजय चाैहानले ७ दशमलव ५ अाेभरमा २ मेडनसहित १२ रन खर्चेर १ विकेट लिए । लुम्बिनी प्रदेशका लागि ७३ रन बनाउँदै जीतका आधार तय गरेका आकाश त्रिपाठी प्लेयर अफ द म्याच भए ।

यसअघि, युवा ब्याटर आकाश त्रिपाठीले धैर्यतापूर्ण ब्याटिङ गर्दै ७३ रन बनाएपछि लुम्बिनी प्रदेशले १५८ रन बनाएकाे थियाे ।टस हारेर ब्याटिङकाे निम्तो पाएकाे लुम्बिनी प्रदेशले ४६ अाेभरमा सबै विकेट गुमाउँदै १५८ रन बनाएकाे थियाे ।
लुम्बिनीका लागि मध्यम लक्ष्य बनाउन आकाशले १२३ बलकाे सामना गर्दै १ छक्का र ६ चाैकाकाे मद्दतमा ७३ रनकाे याेगदान दिए । उनले अर्धशतक बनाउन १०५ बल खेले । ६० रनमा पाँच विकेट गुमाई सकेकाे अवस्थामा आकाश त्रिपाठी र कृष्ण कार्कीले धैर्यता देखाउँदै ७५ रनकाे साझेदारी गरेपछि लुम्बिनीले मधेश प्रदेशलाई मध्यम लक्ष्य दिएकाे हाे । विशाल पटेलकाे बलमा बाेल्ड हुँदै ७३ रनमा आकाश आउट भएपछि लुम्बिनीका लागि कृष्ण कार्कीले पारी केही उकासे । कृष्णले ५३ बल खेल्दै ३ छक्का र १ चाैकाकाे मद्दतमा ३३ रन बनाए ।
कप्तान देव खनाल २५ बल खेल्दै २ चाैकाकाे मद्दतमा १६ रन बनाएर कमल गुप्ताको बलमा एलबीडब्लूकाे सिकार भए । लुम्बिनीका अरु खेलाडी सस्तैमा आउट भए । अाेपनरद्वय मृनाल गुरुङले ६ रन, मनिष थापाले ५ रन बनाए । नरबहादुर सार्कीले ५ रन, अजय चाैहानले ४ रन, निर्मल गुरुङ र विप्रसन केसीले समान ३-३ रन, प्रज्वल थापा र रमेश कुर्मले १-१ रन जाेडे ।

पहिलाे १० अाेभरमा जम्मा २९ रन बनाउँदा दुवै अाेपनर गुमाएकाे लुम्बिनीले २३ अाेभरकाे समाप्तिमा पाँच विकेट गुमाएर जम्मा ६० रन बनाएकाे थियाे । त्यसपछि लुम्बिनीका खेलाडी सम्हालिएर खेल्दा मध्यम लक्ष्य बनाउन सफल भएको हाे । मधेश प्रदेशका कमल गुप्ताले निकै कसिलाे बलिङ गर्दै १० अाेभरमा ४ मेडनसहित ३२ रन खर्चेर ३ विकेट हात पारे । विशाल पटेलले पनि किफायती बलिङ गर्दै ३ विकेट लिए । उनले ५ अाेभर बलिङ गर्दै १३ रन खर्चेर ३ विकेट लिँदा हरिशंकर शाहले ५ अाेभरमा १ मेडनसहित १४ रन दिएर १ विकेट लिए । रञ्जित कुमारले १० अाेभरमा ३२ रन दिएर १ विकेट लिँदा प्रदीप पासवानले पनि ८ अाेभरमा २१ रन दिएर १ विकेट लिए ।
दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको चौथो स्थानमा लुम्बिनी र पाँचौं स्थानमा मधेश प्रदेश रहेकाे छ ।अहिलेसम्म ४ खेल खेलीसकेको लुम्बिनीले ३ खेलमा जीत र १ मा हार व्यहोर्दै ८ अंकका साथ अंक तालिकाको चौथो स्थानमा रहँदा ४ खेल खेलीसकेको मधेश प्रदेश १ खेलमा जीत र दुईमा हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा यथावत छ ।
लुम्बिनीले यसअघि कोशी प्रदेशलाई २६ रनले हराएको थियो । नेपाल पुलिस क्लबसँग ८७ रनले हारेको लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रन र वाग्मती प्रदेशलाई ४८ रनले हराएको छ ।
यसैगरी, मधेश प्रदेशले कोशी प्रदेशलाई १६५ रनले हराएको थियो । विभागीय टीम एपीएफ क्लबसँग २ विकेट र नेपाल पुलिस क्लबसँग १९३ रनले हारेको छ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् । तीन खेल मैदानमा भईरहेकोे प्रतियोगिता अन्तरगत रुपन्देहीको सिद्धार्थ रंगशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १४ वटा गरि ४६ वटा खेल भईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="