दाङ, ६ चैत । राप्ती बबई क्याम्पस, तुलसीपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना जारी छ। मतगणना जारी रह्दै नेपाल विद्यार्थी संघको प्यानल जित नजिक पुगेको छ ।खसेको १४ सय मतमा गणना भएको एकहजार मतमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मतान्तर ठूले बनाउदै जित नजिक पुगेको हो ।
अध्यक्ष पदमा नेविसंघका प्रमोद भण्डारीले ५११ मत प्राप्त गर्दै अग्रता लिएका छन्। गठबन्धनका उम्मेदवार लेखमणि खत्री (लक्ष्मण) २६६ मतमा छन । स्वतन्त्र उम्मेदवार कोमल बहादुर वलि (के.बी.)ले १०८ मत प्राप्त गरेका छन् भने कृष्ण के.सी. (डेबिट)ले २१ मत पाएका छन्।
सचिव पदमा निकै प्रतिस्पर्धा देखिएको छ। नेविसंघका टोप बहादुर वलिले ४१४ मत प्राप्त गरेका छन् भने गठबन्धनकी सोनिया थापा ४०७ मतका साथ पछ्याउँदै गएकी छ । स्वतन्त्र उम्मेदवार अंकिता डाँगीले ३८ मत प्राप्त गरेकी छन ।
कोषाध्यक्ष पदमा पनि नेविसंघका उम्मेदवारले अग्रता लिएका छन्। शिक्षा नेपालीले ४४६ मत प्राप्त गर्दा गठबन्धनका तिलक राज डाँगीले ३२८ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार आशिक मियाले ६६ मत ल्याएका छन्। सदस्यमा पनि नेपाल विद्यार्थी संघ को भारी मतका साथ अगाडी रहेका छ्न ।
स्ववियु निर्वाचन : राप्ती बबई क्याम्पस तुलसीपुर दाङ अपडेट । १००० मत गणना हुदा…
अध्यक्ष पदका उम्मेदवारहरू
- प्रमोद भण्डारी ( नेविसंघ ) – ५११
- लेखमणि खत्री (लक्ष्मण) ( गठबन्धन ) – २६६
- कोमल बहादुर वलि ( के बि ) ( स्वतन्त्र )- १०८
- कृष्ण के सि ( डेबिट ) ( स्वतन्त्र ) – २१
सचिव पदका उम्मेदवारहरू
- टोप बहादुर वलि ( नेविसंघ ) – ४१४
- सोनिया थापा ( गठबन्धन ) – ४०७
- अंकिता डाङ्गी ( स्वतन्त्र ) – ३८
कोषाध्यक्ष – पदका उम्मेदवारहरू
- शिक्षा नेपाली ( नेविसंघ ) – ४४६
- तिलक राज डाङ्गी ( गठबन्धन ) – ३२८
- आशिक मिया ( स्वतन्त्र ) – ६६
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस