दाङ, ६ चैत । दाङको राप्ती बबई क्याम्पस, तुलसीपुरमा स्वतन्त्र विद्यार्थी युनियनमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ ।
मंगलबार आएको अन्तिम मतपरिनाम अनुसार भारीमतका साथ निर्वाचित भएका हुन । ३ हजार ३ सय मतदाता रहेको क्याम्पस मा १ हजार ४ सय १७ मत खसेको थियो ।
सार्वजनिक भएको मतपरिणाममा संयुक्त विद्यार्थी समुहलाई पछि पार्दै नेपाल विद्यार्थी संघ नेविसंघका उम्मेदवार भारी मतान्तरले निर्वाचित भएका हुन । अध्यक्ष पदमा नेविसंघका प्रमोद भण्डारी निर्वाचित भएका छन । उन्ले ७ सय ३७ मत प्राप्त गरे । अनेरास्ववियु लगाएतको ७ संगठनको गठबन्धनका उम्मेदवार लेखमणि खत्री (लक्ष्मण)ले ३८९ मत प्रक्त गरे । अध्यक्षका स्वतन्त्र उम्मेदवार कोमल बहादुर वलि (के.बी.) १३७ मत र कृष्ण के.सी. (डेबिट) २९ मत ल्याए । सचिवमा नेपाल विद्यार्थी संघका टोप बहादुर ओली, कोषाध्यक्षमा शिक्षा नेपाली निर्वाचित भएका छन । ओलीले ६१२ मत र नेपालीले ५६३ मय प्राप्त गरे ।
सदस्यमा पनि नेपाल विद्यार्थी संघ कै उम्मेदवार विजयी भएका छ्न । सचिव ओलीले गठबन्धनका सोनिया थापा हराएका हुन भने । स्वतन्त्र उम्मेदवार अंकिता डाँगीले गरेकी छन्। कोषाध्यक्ष पदमा शिक्षा नेपालीले गठबन्धनका तिलक राज डाँगीले पछिपरेका हुन । सदस्यका उम्मेदवारहरु नेपाल विद्यार्थी संघ को भारी मतका साथ जितेका छन । मनिशा चौधरी , रूपेश चौधरी , यम कुमारी भण्डारी , सन्जिव चौधरी, ममता वली, करूणा नेपाली , लक्ष्मण वली , दिलिप शर्मा दीपक सदस्यमा निर्वाचित भएका छन ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस