after_navbar

सवारी दुर्घटनामा एक जनाको मृत्यु


चैत ०८, २०८१


दाङ, ९ चैत । दाङमा  भएको सवारी  दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गाइडहरका २२ वर्षिय विवेक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते भएका सुवेदीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो । घोराहीबाट तुलसीपुरतर्फ पत्रिका ल्याउने क्रममा सुवेदी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायका अनुसार घोराही–तुलसीपुर सडकखण्डको गुज्रेखोला नजिकै आज बिहान पौने ५ बजेतिर दुई मोटरसाइकल ठोक्किएका हुन् ।

ad

घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको रा ८ प ३४१ नम्बरको मोटरसाइकल र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा २ प ६१६३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरी निरीक्षक रोकायाले बताए । दुर्घटनामा परी रा २ प ६१६३ नम्बरको मोटरसाइकल चालक घोराही–११ का ३४ वर्षिय दिपक बस्नेत गम्भिर घाइते भएका छन । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="