after_navbar

वाग्मतीले काेशीलाई दियो २४१ रनकाे लक्ष्य


चैत ०८, २०८१


दाङ, ९ चैत । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले काेशी प्रदेशलाई २४१ रनकाे लक्ष्य दिएकाे छ ।
दानको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज टस जितेेर पहिले ब्याटिङ गरेकाे वाग्मती प्रदेशले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर २४० रन बनायाे ।

वाग्मतीका लागि शुभ कंशाकारले सर्वाधिक ३९ रन बनाए । उनले २८ बलमा ६ चाैका र १ छक्काकाे सहयाेेगमा ३९ रन बनाए । आशुताेष घिरैयाले २९ रन जाेड्दा ईशान पाण्डे र विपिन आचार्यले समान २५-२५ रन जाेडे । कप्तान पृथु बास्काेटाले २४ रन जाेड्दा रिजन ढकालले २२ रन, साेनु देवकोटाले १८ रन, सूर्य तामाङले १७ रन, गाैतम केसीले १६ रन बनाए । काेशीका तर्फबाट प्रकाश कार्की र सुजन थपलियाले समान २-२ विकेट लिए । फरिद अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ र दिपेश कँडेलले समान १-१ विकेट लिए । प्रतियोगितामा अंक तालिकाको आठौँ स्थानमा वाग्मती प्रदेश र नवाैँमा काेशी प्रदेश रहेकाे छ ।

ad

अहिलेसम्म ६ खेल खेलीसकेको वाग्मती २ मा जित र ४ मा हार व्यहाेर्दै ४ अंकका साथ आठाैँ स्थानमा रहँदा समान ६ खेल खेलीसकेको काेशी प्रदेश १ खेलमा जित र ५ खेलमा लगातार हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको नवाैँ स्थानमा छ । नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="