after_navbar

मुहान संरक्षण गरेर मनाइयो पानी दिवस


चैत ०८, २०८१


दाङ ९ चैत । तुल्सीपुर खानेपानी तथा सरसफाई संस्थाले पानी दिवसको अवसरमा मुहानमा गएर पानी दिवस मनाएको छ। तुलसीपुर खानेपानीको मुख्य मुहान मुलकोटमा गएर पानी दिवस मनाएको हो।

खानेपानी संस्थाका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षतामा मुहान संरक्षण, मुहान  सरसफाई र रेखदेख गरेर पानी दिवस मनाइएको हो। विगतका वर्षहरूमा पनि यसरी नै पानी दिवसको अवसरमा मुहानमा गएर मुहान संरक्षण गर्दै दिवस मनाउने गरेको संस्थाले यस बर्ष पनि निरन्तरता दिँदै आएको कोषाध्यक्ष भोलाप्रसाद थापाले जानकारी दिए।  यस वर्ष  पनि मुहानमै पुगेर मुहानको सरसफाई मुहानको संरक्षण र सरोकारवालाहरूबीच अन्तरक्रिया गरेर  पानी दिवस मनाइएको थापाले बताए ।

ad

कार्यक्रममा सहभागी सरोकारवालाले  पानी संरक्षणका लागि र पानीको दीर्घकालीन व्यवस्थापनका लागि मुहानहरुको संरक्षण गर्नुपर्ने , जथाभावी पानीको दुरुपयोग गर्न नहुने र संरक्षण गर्नुपर्ने बताएका थिए  । तुल्सीपुर क्षेत्रमा पानीको व्यवस्थापनका लागि खानेपानी संस्थाले विभिन्न स्रोतहरू पहिचान गरी उपायहरु खोजेर उपभोक्ताहरुलाई सहज रुपमा पानी वितरण गर्ने प्रक्रियालाई अगाडि बढाएको खानेपानी संस्थाका अध्यक्ष यमकान्त भण्डारीले बताए  । उनले पुराना र नियमित मुहानहरुलाई पूर्ण रुपमा संरक्षण र व्यवस्थापन गरेर पानीको स्रोत संरक्षण गरिरहेको बताए ।  तुलसीपुर क्षेत्रको पानी व्यवस्थापनका लागि संस्था लागेको बताए । 

कार्यक्रमको सञ्चालन सचिव भवन भुसालले गरेका थिए । स्वागत उपाध्यक्ष नारायण प्रसाद शर्माले  गरेका थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="