after_navbar

टिम इलेभेन ईभि प्रालि विवाइडीबाट सम्मानित


चैत ०, २०८१


सेजेन ( चिन), १० चैत । विवाईडी एशिया कै उत्कृष्ट मार्केटिङ अवार्डबाट टिमइलेभेन ईभि वल्र्ड प्रालि नेपालगन्ज सम्मानित भएको छ ।

बिवाईडी एसिया प्यसिफिक २०२५ डिलर कन्फ्रेन्स कार्यक्रम को अवसरमा चीनको सेन्जेनमा आयोजित  समारोहमा  बिवाईडी नेपालगन्ज र दाङ्ग को आधिकारिक विक्रेता टीम इलेभेन ई भी वल्र्ड प्रा लि विवाईडी एशिया को उत्कृष्ट मार्केटिङ अवार्डबाट नेपालगन्ज सम्मानित भएको प्रबन्ध निर्देशक विमल कुमार पौडेलले जानकारी दिए । कार्यक्रममा एशियाका २३  देशका विवाईडी विक्रेता गरी करिब एक हजार जनाको सहभागिता रहेको थियो।  उक्त समारोहमा विवाईडी नेपाललाई पनि सम्मानित गरिएको थियो  । घरेलु बजारमा २५ प्रतिशत बजार हिस्सा सहित सन् २०२४ मा पहिलो भएको थियो।

ad

विवाईडी विश्वको सबै भन्दा बढी विद्युतीय गाडी उत्पादन गर्ने कम्पनी हो नेपालमा उक्त कम्पनीका करीब सात हजार  विद्युतिय गाडी सफतापूर्वक चलिरहेको नेशनल सेल्स हेड आशुतोष गौतमले जानकारी दिए । समारोहमा विवाईडी   का प्रमुख वाङ चाङ फुले  विवाईडी उत्कृष्ट टेक्नोलजीका साथ यात्रुको सुरक्षालाई ध्यानमा राखि गाडी उत्पादन गरेकोले विश्वबजारमा एक नम्बरमा रहेको बताए  ।  सो अवसरमा विवाईडी नेपाल र विवाईडी सिंगापुर आफ्नो देश मा एक नम्बरमा रहेको अवार्ड ले सम्मानित भए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="