दाङ ,१० चैत । युवा ब्याटर किरण ठगुन्नाकाे शतककाे मद्दतमा सुदूरपश्चिम प्रदेशले काेशी प्रदेशलाई ३१ रनले पराजित गरेकाे छ । दाङको लमहीमा जारी प्रतियोगितामा २४३ रनकाे विजयी लक्ष्य पछ्याएकाे काेशी प्रदेश ४५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २११ रनमा समेटिएपछि सुदूरपश्चिमले ३१ रनकाे जीत हासिल गरेकाे हाे ।
सुदूरपश्चिमलाई जीत दिलाउन किरण ठगुन्नाले ११५ रन बनाए ।
२४३ रनकाे विजयी लक्ष्य पछ्याएकाे काेशी प्रदेशका लागि शकिब हकले सर्वाधिक ६२ रन जाेडे । उनले ६६ बलमा ११ चाैकासहित ६६ रन बनाएर साैर्य श्रेष्ठको बलमा अाउट भए ।
कप्तान अंकित सुवेदी २६ बलमा ६ चाैकासहित ३८ रन जाेडेर रनअाउट भए । समीर कार्कीले ३७ बलमा ३ छक्काकाे मद्दतमा ३८ रन जाेडे । आशिष भट्टराईले ९० बल सामना गर्दै ४ चाैकासहित ३६ रन बनाए । दिपेश कँडेलले १४ रन जाेडे ।
काेशीलाई हराउन सुदूरपश्चिमका साैर्य श्रेष्ठले ९ अाेभरमा १ मेडनसहित ४५ रन खर्चेर ३ विकेट लिए । भाेजराज भट्टले ४ दशमलब १ अाेभरमा २८ रन खर्चेर २ विकेट लिँदा शेर मल्ल, कप्तान नारायण जाेशी र राहुल भण्डारीले १-१ विकेट लिए
टस जितेर पहिले ब्याटिङ गरेकाे सुदूरपश्चिमका किरण ठगुन्नाकाे शतकीय पारीमा २४२ रन बनाएकाे थियाे ।
सुदूरपश्चिमका लागि छैठौं नम्बरमा ब्याटिङ गर्न आएका किरणले ९१ बलमा ४ छक्का र १२ चाैकाकाे मद्दतमा ११५ रन बनाए । उनले शतकपछि ठूला शट प्रहार गर्ने क्रममा फिर्दाेश अन्सारीकाे बलमा लङअफमा प्रकाश कार्कीकाे हातबाट क्याच आउट हुन पुगे । फागुन २५ गतेबाट जारी प्रतियोगितामा किरणले यसअघि पनि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गण्डकी प्रदेश विरुद्ध अविजित १२१ बनाउँदै पहिले शतक बनाउने खेलाडी बनेका थिए ।
प्रतियोगितामा सुदूरपश्चिमले ४३ दशमलव ४ अाेभरमा सबै विकेट गुमाउँदै २४२ रन जाेड्याे । सुदूरपश्चिमकाे पारी उकास्न किरण बाहेक अरु खेलाडीले ब्याटबाट प्रभाव छाड्न सकेनन् ।टेक बाेहरा १६ रन, अर्जुन बिक १५ रन, शेर मल्ल र कप्तान नारायण जाेशी समान १४-१४ रन बनाएर अाउट भए ।
साैर्य श्रेष्ठ र निश्चल क्षेत्री १०-१० रन बनाएर।अाउट भए ।
काेशी प्रदेशका लागि ज्ञानेन्द्र श्रेष्ठले ९ दशमलव ४ अाेभरमा १ मेडनसहित ४८ रन दिएर ४ विकेट लिए ।
फिर्दाेश अन्सारीले ८ अाेभरमा १ मेडनसहित ३३ रन दिएर २ विकेट लिँदा कप्तान अंकित सुवेदीले पनि ५ अाेभरमा ३० रन दिएर २ विकेट हात पारे । दिपेश कँडेल, प्रकाश कार्कीले १-१ विकेट लिए । काेशी विरुद्धको जीतमा शतक प्रहार गरेका सुदूरपश्चिम प्रदेशका किरण ठगुन्ना प्लेयर अफ द म्याच भए ।
८ खेल खेलीसकेको सुदूरपश्चिम ३ मा जीत र ५ मा हार व्यहाेर्दै ६ अंकका साथ साताैँ स्थानमा छ भने समान ८ खेल खेलीसकेको काेशी प्रदेश १ खेलमा जीत र ७ खेलमा लगातार हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको नवाैँ स्थानमा छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस