after_navbar

साँग्रीला प्लाई उद्योगमा आगलागी


चैत १०, २०८१


दाङ, ११ चैत  । दाङको घोराही उपमहानगरपालिका ९ खैरामा रहेको प्लाई उद्योगमा आगगाली भएको छ । खैरामा रहेको सांग्रीला प्लाई उद्योगमा विद्युत सट भएर आगलागी भएको हो ।

आगलागीका कारण प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने मेसिनलगायतका सामग्री जलेर नस्ट भएको उद्योगले जनाएको छ । उद्योगमा आगलागी राती करिव साढे १ बजेदेखि लागेको र अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका  अनुसार  मानवीय क्षति भने भएको छैन ।  आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयबाट प्रयास भइरहे पनि नियन्त्रणमा आउन सकेको छैन ।

ad

उद्योगमा लागेको आगो ठुलो भएका कारण घोराही र तुलसीपुर उपमहानगरपालिकाबाट दमकल आएपनि नियन्त्रणमा ल्याउन नसकिएको प्रहरीले जानकारी दिएको छ । उद्योगमा लागेको आगलागीकावाट करोडौंको क्षति भएको अनुमान गरिएको छ । थप विवरण आउन बाँकी ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="