after_navbar

पिएम कपमा वाग्मतीकाे सहज जीत


चैत १०, २०८१


दाङ, ११ चैत ।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा खेलमा वाग्मती प्रदेशले कर्णाली प्रदेश विरुद्ध ९ विकेटको सहज जीत निकालेकाे छ ।
कर्णालीले दिएकाे ५९ रनकाे सामान्य लक्ष्य गण्डकी प्रदेशले ६ दशमलव ३ ओभरमा २६१ बल अगावै ९ विकेटको जीत हासिल गर्याे ।

आशुताेष घिरैया २० बलमा ४ चाैकासहित १९ रनमा र शुभ कंशाकार ९ बलमा १ छक्का र २ चाैकासहित १६ रनमा अविजित रहँदै जीत दिलाए । ईशान पाण्डेले ११ बलमा १ छक्का र २ चाैकासहित २२ रन जाेडे । बलिङमा कर्णालीका दीपेन्द्र रावतले १ विकेट लिए ।

ad

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे कर्णालीका खेलाडी रिजन ढकाल र सूर्य तामाकाे बलमा लगातार पेभेलियन फर्किएपछि १९ दशमलव १ ओभरमा अलआउट हुँदै ५८ रनमा समेटिएको थियाे ।
सुनिल धमलाले १५ रन जाेड्नु बाहेक अरु खेलाडी सस्तैमा समेटिए। रविन्द्र शाही ८ रन, विपिन शाही २ रन, राज शाह २ रन, दीपेन्द्र रावत ५ रन, अर्जुन घर्ती ५ रन, दिनेश रावत ५ रन, दिनेश अधिकारी ४ रन, प्रकाश जैशी ४ रनमा अाउट भए ।
गण्डकीका रिजन ढकालले ८ दशमलव १ अाेभरमा १ मेडनसहित १९ रन खर्चेर ५ विकेट लिए । सूर्य तामाङले ७ अाेभरमा २ मेडनसहित १७ रन दिएर ४ विकेट लिए ।
गण्डकीलाई सहज जीत दिलाउने अाधार तयार गरि पाँच विकेेट लिएका रिजन ढकाल प्लेयर अफ द म्याच भए ।

प्रतियोगितामा कर्णाली विरुद्ध सहज जीत निकाल्दै वाग्मती कुल ८ अंकका साथ चाैथाे स्थानमा उक्लिएकाे छ । कर्णाली प्रदेश भने आजकाे हारसँगै पाँचौं स्थानमा झरेकाे छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="