after_navbar

तुलसीपुर चेम्बरको दुःख व्यक्त


चैत १०, २०८१


दाङ, ११ चैत । तुलसीपुर चेम्बर अफ कमर्सले  खैरामा रहेको साँग्रीला प्लाई उद्योगमा भएको आगलागीप्रति दुःख व्यक्त गरेको छ।

तुल्सीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारी , महासचिव दुर्गाप्रसाद शर्मा, कोषाध्यक्ष लोकेन्द्र ओली लगायतको पदाधिकारी टोलीले तुल्सीपुर चेम्बर अफ कमर्सको तर्फबाट आगलागी स्थलमै पुगेर उद्योग सञ्चालकसँग भेटेर सहानुभूतिसहित दुःख व्यक्त गरेका हुन्।

ad

आगलागी जस्तो विपत्तिबाट आइलागेको यो दुःखले सबै व्यवसायीहरू मर्माहित र दुःखी बनाएको बताएका थिए ।
खैरामा रहेको सांग्रीला प्लाई उद्योगमा विद्युत सट भएर आगलागी भएको थियो ।
आगलागीका कारण प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने मेसिनलगायतका सामग्री जलेर नस्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="