after_navbar

लागु अैाषध तथा मनोसामाजिक सचेना कार्यक्रम


चैत १०, २०८१


देविराम कुसारी
दाङ, ११ चैत। मानवीय सहायता नेपाल र घोराही उप-महानगरपालिका वडा नम्बर १५ को साझेदारीमा युवाका लागि लागु अैाषध तथा मनोसामाजिक एक दिने सचेतना कार्यक्रम आईतवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष बसन्त पोख्रेलको अध्यक्षता तथा वडा नम्बर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका सहभागिले भौतिक भन्दा मानसिक समस्या तर्फ गम्भिर हुनु पर्ने वताएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष पाण्डेले लागु अैाषध दुर्वेसानी र मनोसामाजिक समस्याले युवालाई बढी असर पारेको भन्दै यस तर्फ युवा सचेत हुनुपर्ने बताए । कार्यक्रममा वडा सदस्य दुर्गा नेपाली, सहभागि पुष्पा वली, मिलन बुढा, शुसिल सुनार लगाएतले बोलेका थियो ।

ad

संस्थाका अर्चना शर्माको स्वागतबाट सुरु भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव निरिक्षक तुलबहादुर बिकले लागु अैाषधका बारेमा सचेतना गराएका थिए। त्यसैगरी मनोसामाजिक विमर्षकर्ता जानु थापाले मनोसामाजिक समस्याका बारेमा जानकारी गराए ।
संस्थाका सरस्वती चौधरीले सहजिकरण गरेको कार्यक्रममा विभिन्न विद्यलय र अन्यगरी ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="