दाङ, १३ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा दाङ आउने भएका छन् । नेपाली कांग्रेस दाङको चैत २९ गते हुने तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्न महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य शर्मा दाङ आउन लागेका हुन् ।
नेपाली कांग्रेस दाङको पदाधिकारी एवम् तयारी समितिका संयोजकहरूको मङ्गलवार घोराहीमा बसेको बैठकले तेस्रो जिल्ला सम्मेलन चैत २९ गते घोराहीमा गर्ने निर्णय गरेको नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीले जानकारी दिएका छन् । जिल्ला सचिव योगीका अनुसार जिल्ला सम्मेलनलाई सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री शर्मालगायतका नेता दाङ आउन लागेका हुन् ।
नेपाली कांग्रेस दाङको तेस्रो जिल्ला सम्मेलन घोराही उपमहानगरपालिका–१४ स्थित बहुउद्देश्यीय सभागृहमा हुने भएको छ । सम्मेलनको तयारी अन्तर्गत सांगठनिक तथा आर्थिक प्रतिवेदन बनाउनेदेखि अतिथिलाई निमन्त्रणा लगायतको काम भइरहेको नेपाली कांग्रेस दाङका सचिव योगीले बताए । कांग्रेस दाङको फागुन ४ गते बसेको बैठकले नेपाली कांग्रेस दाङका उपसभापति कमानसिं भारतीको संयोजकत्वमा जिल्ला उपसभापति गिरिराज सुवेदी, सहसचिवहरू राजु आचार्य र सुबोधकुमार डाँगी, जिल्ला सदस्यहरू भोला अधिकारी, रेखबहादुर वली, बिमला शर्मा सदस्य रहेको सम्मान समिति, नेपाली कांग्रेस दाङकी सचिव बालिका लम्सालको संयोजकत्वमा जिल्ला सदस्यहरू वीरबहादुर खत्री, जुद्धबहादुर जिएम, रेखबहादुर वली, गौरव आचार्य, शिवहरि गौतम, बिना खनाल, सुशीला गुरुङ र केशरा पोख्रेल सदस्य रहेको मञ्च व्यवस्थापन समिति गठन गरेको थियो ।
यसैगरी नेपाली कांग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदीको संयोजकत्वमा जिल्ला सदस्यहरू टंकसिं बुढाथोकी, रेखबहादुर वली, घना डिसी, मुक्ता बादी सदस्य रहेको चिया, नास्ता व्यवस्थापन समिति, जिल्ला सचिव अर्जुनकुमार योगीको संयोजकत्वमा सहसचिव सुबोधकुमार डाँगी, सदस्यहरू निर्मल न्यौपाने, प्रदीप मजगैयाँ, भोला अधिकारी, कुन्ती डिसी र चेतना चौधरी सदस्य रहेको प्रतिवेदन लेखन र छपाइ समिति, जिल्ला सहसचिव सुबोधकुमार डाँगीको संयोजकत्वमा उपस्थिति समिति गठन गरेको थियो ।
समिति अन्तर्गत जिल्ला सदस्य टंकसिंह बुढाथोकीलाई बबई गाउँपालिका, शोभाकर न्यौपानेलाई दंगीशरण गाउँपालिका, सुरेन्द्र शाहलाई शान्तिनगर गाउँपालिका, गद्दुलाल चौधरी र शान्ता पाण्डेयलाई तुलसीपुर उपमहानगरपालिका, किरणकुमार रेग्मीलाई घोराही उपमहानगरपालिका, जितबहादुर वली र पूर्णबहादुर बस्नेतलाई बंगलाचुली गाउँपालिका, बालकुमारी पोख्रेललाई राजपुर गाउँपालिका, उमाकान्त पन्त र विष्णु बसेललाई गढवा गाउँपालिका र गोबर्धन रावत र सोनु भण्डारीलाई राप्ती गाउँपालिकाको जिम्मेवारी दिइएको छ । बैठक नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा बसेको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस