after_navbar

पोलमा बाँधेर महिलालाई निर्घात कुटपिट


चैत १४, २०८१


दाङ,१५ चैत । एक महिलालाई बिजुलीको पोल्मा बाँधेर निर्घात कुटपिट  गरिएको छ ।
दाङको घोराही उपमहानगरपालिका–१० की २६ वर्षीया शिला चौधरीमाथि घोराही उपमहानगरपालिका–११ मा  निर्घात कुटपिट गरिएको हो । श्रमिकको रूपमा काम गर्दै आएकी   शिला  बिजुलीको पोलमा बाँधेर स्थानीय महिला पुरुषले निर्घात कुटपिट गरेको सर्वजनिक भए पछि
केहि राजनीतिक दलहरु घटना लुकाउने प्रयासमा समेत लागेको खुलेको छ ।

शिलामाथि घोराही–११ चागुका गोपाल चौधरीकी श्रीमती र स्थानीय केही अन्य महिलाले बाँधेर निर्घात कुटपिट गरेको भिडिओ सार्वजनिक भएको छ। शिलाले जीवनयापनका लागि  सोही वडाको तरकारी फार्ममा काम गर्दै आएकी थिइन्। तरकारी फार्मका केही सामान हराएको आरोपमा शिलामाथि  कुटपिट भएको महिला अधिकारकर्मी खुमा खड्काले बताइन्। ‘यो घटना गाउँमै मिलाइएको रहेछ,’ अधिकारकर्मी खड्काले भनिन्, ‘पीडितकी आमाले सामाजिक सञ्जालमा भिडिओ देखेपछि बिहीबार मुद्दा प्रहरीमा पुगेको हो।’
स्थानीयका अनुसार  राजनीतिक दलका स्थानीय नेताहरूले ७० हजार रूपैयाँ दिएर कुटपिटको मुद्दा गाउँमै मिलाएका थिए।   इलाका प्रहरी कार्यालय नारायणपुरमा यो विवाद आउनुअघि स्थानीय ‘भद्रभलादमी’ को रोहवरमा पैसा दिएर मिलाउन खोजिएको थियो ।

ad

भिडिओ सामाजिक सञ्जालमा फैलिएपछि पीडितकी आमाले छोरीमाथि भएको अत्याचारबारे आवाज उठाइन्। उनकै पहलमा घटना मिलाउन दिइएको रूपैयाँ फिर्ता गरिएको हो। बिहीबार मात्रै पीडित जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगेर आरोपितहरू विरूद्ध अमान्य व्यवहार शीर्षकमा मुद्दा दायर गरेको निमित्त प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । ‘हामीलाई त पहिला गाउँघरको सामान्य कुटाकुट घटना मात्रै हो भनिएको थियो,’ उनले भने, ‘पीडित आएर उजुरी दिएपछि कुटपिट घटनामा संलग्न तीन जनालाई   नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।’ पीडितले निवेदन दिएपछि आफूले त्यसैको आधारमा आरोपितलाई पक्राउ गरेको हुँदा मुद्दा आधिकारिक रूपमा दर्ता भइसकेको डिएसपी शाहले बताए। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको  उनले बताए।

शिलाले जीवनयापनका लागि सोही वडाको तरकारी फार्ममा काम गर्दै आएकी थिइन्। तरकारी फार्मका केही सामान हराएको आरोपमा शिलामाथि कुटपिट भएको महिला अधिकारकर्मी खुमा खड्काले बताइन्। ‘यो घटना गाउँमै मिलाइएको रहेछ,’ अधिकारकर्मी खड्काले भनिन्, ‘पीडितकी आमाले सामाजिक सञ्जालमा भिडिओ देखेपछि बिहीबार मुद्दा प्रहरीमा पुगेको हो।’
स्थानीयका अनुसार राजनीतिक दलका स्थानीय नेताहरूले ७० हजार रूपैयाँ दिएर कुटपिटको मुद्दा गाउँमै मिलाएका थिए। इलाका प्रहरी कार्यालय नारायणपुरमा यो विवाद आउनुअघि स्थानीय ‘भद्रभलादमी’ को रोहवरमा पैसा दिएर मिलाउन खोजिएको थियो ।
भिडिओ सामाजिक सञ्जालमा फैलिएपछि पीडितकी आमाले छोरीमाथि भएको अत्याचारबारे आवाज उठाइन्। उनकै पहलमा घटना मिलाउन दिइएको रूपैयाँ फिर्ता गरिएको हो। बिहीबार मात्रै पीडित जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगेर आरोपितहरू विरूद्ध अमान्य व्यवहार शीर्षकमा मुद्दा दायर गरेको निमित्त प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । ‘हामीलाई त पहिला गाउँघरको सामान्य कुटाकुट घटना मात्रै हो भनिएको थियो,’ उनले भने, ‘पीडित आएर उजुरी दिएपछि कुटपिट घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।’ पीडितले निवेदन दिएपछि आफूले त्यसैको आधारमा आरोपितलाई पक्राउ गरेको हुँदा मुद्दा आधिकारिक रूपमा दर्ता भइसकेको डिएसपी शाहले बताए। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको उनले बताए।
‘स्थानीय केही भद्रभलादमीका नाममा यति गम्भीर सवाल पैसा दिएर कागज गराई मिलापत्र गराइएको देखियो,’ अधिकारकर्मी खड्काले भनिन्, ‘एक अबला नारीलाई रातिको समयमा बोलाएर, पोलमा बाँधेर त्यसरी पशुवत व्यवहार गर्न पाइँदैन। दोषीले सजाय पाउनुपर्छ ।’
शिलामाथि कुटपिट भएको भिडिओ कुट्नेहरू आफैले सामाजिक सञ्जालमा राखेका थिए। घाँटी, टाउको र शरीरको भित्री भागमा दुखाइ चोट रहेको पिडीत्ले जनाएकि छ्न । घटना २/३ दिन अगाडि घटेको थियो ।

स्थानीय केही भद्रभलादमीका नाममा यति गम्भीर सवाल पैसा दिएर कागज गराई मिलापत्र गराइएको देखियो,’ अधिकारकर्मी खड्काले भनिन्, ‘एक अबला नारीलाई रातिको समयमा बोलाएर, पोलमा बाँधेर त्यसरी पशुवत व्यवहार गर्न पाइँदैन। दोषीले सजाय पाउनुपर्छ ।’
शिलामाथि कुटपिट भएको भिडिओ कुट्नेहरू आफैले सामाजिक सञ्जालमा राखेका थिए।  घाँटी, टाउको र शरीरको भित्री भागमा दुखाइ चोट रहेको पिडीत्ले जनाएकि छ्न ।  घटना २/३ दिन अगाडि घटेको थियो ।

भिडियो लिंक : https://www.facebook.com/share/r/1AJbU26c78/

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="