after_navbar

तीर्थयात्री चढेको स्कार्पियो भारतमा दुर्घटना : तुलसीपुरका ४ जनाको मृत्यु


चैत १४, २०८१


दाङ, १५ चैत ।  तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चारजनाको भारतमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ।

दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । बिहिबार बिहान तुलसीपुरबाट तिर्थ यात्राका लागि गएको  युपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो  भारतको बहराइचमा दुर्घटना भएको थियो । 

ad

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष  राम बहादुर जिसीले भारत्मा भएको  दुर्घटनामा परी गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी अन्दाजि ३७ वर्षिय युवराज चापागाईसहित चार जनाको मृत्यु भएको खबर प्रप्त भएको बताए ।  यस्तै  अन्य  तीन जना रहेका छन ।  उनीहरुको नाम नखुलेको उनले बताए ।

गाडीमा नौ जना सवार रहेको र ५ जना घाइते भएका छन ।गाडीमा सवार सबै जना यात्रु तुलसीपुरकै रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="