after_navbar

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलामा १ लाख ८० हजार नाघ्यो


चैत २०, २०८१


काठमाडौं , २१ चैत । सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।

बुधबार  एक तोला सुनको मूल्य १ लाख ७९ हजार १०० रुपैयाँ पुगेको थियो।

ad

महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ। बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य घटेर आज तोलाको १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="