काठमाडौं, १५ चैत । इन्टरनेसनल फेडेरेसन अफ रेड क्रसले नेपाल रेडक्रसका पाँच अनुहारलाई कारबाही गरेको छ ।
बुधवार एक सूचना जारी गरेर कारबाही सार्वजनिक गर भएको हो । फेडेरेसनको कम्प्लाएन्स एण्ड मेडिएसन कमिटीले नेपाल रेड क्रसको ‘निष्ठा’को सवालमा कारबाही गरेको सार्वजनिक गरेको छ ।
कमिटीकी र्यापोर्टर क्रिस्टिना कुम्पालाले सार्वजनिक गरेको सूचना अनुसार कारबाहीमा पर्ने पाँच अनुहारहरूमा सुदर्शन प्रसाद नेपाल, विनोद कुमार बस्नेत, मनोज कुमार थापा, भूपतिलाल श्रेष्ठ र नारायण तिमल्सिना छन् ।
उनीहरू माथि संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, सामान्य सिद्धान्तहरू परिपालना नगरेको , प्रशासनिक अराजकता निम्त्याएको, राजनीतिक आडमा आर्थिक लाभ लिएको सहित कारण देखाउँदै उनीहरूलाई निलम्बन गरिएको हो ।
इन्टरनेसनल फेडेरेसन अफ रेड क्रसले कारबाही गरेकाहरू मूलतः राजनीतिक भागबन्डा गरेको आधारमा कारबाहीमा परेकाहरू छन् । र्यापोर्टर क्रिस्टिना कुम्पुलाले नेपाल रेड क्रसलाई पठाएको पत्रका अनुसार यसरी कारबाहीमा पर्नेहरू तीन जना नेपाली कांग्रेसका छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एसका एक–एक जना छन् । नेपाली कांग्रेसका भएर रेडक्रसमा छिरेर कारबाहीमा पर्नेहरूमा प्राध्यापक सुदर्शन प्रसाद नेपाल, विनोद कुमार बस्नेत, मनोज कुमार थापा छन् । उनीहरूलाई तीन कसुरमा सजाय गरिएको छ ।
रेडक्रसले उनीहरूलाई टाइप १, टाइप २ र टाइप ७ को कसुरले कारबाही गरेको छ । टाइप १ भनेको रेडक्रसको आधारभूत सिद्धान्तको अवहेलना हो, टाइप २ भनेको रेडक्रसमा हुने राजनीतिक हस्तक्षेप हो भने टाइप ७ भनेको रेडक्रसको विधान ८ अनुसारको दायित्व नगरेको कसुर हो । नेपाल प्रेसबाट
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस