after_navbar

डढेलो निभाउने क्रममा पाल्पामा एक जनाको मृत्यु


चैत २१, २०८१


पाल्पा , २२ चैत । पाल्पा जिल्लाको  रिप्दीकोट गाउँपालिका– ७ पालुङ कोर्तिुङमा डढेलो निभाउने क्रममा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पालुङ सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा स्थानीय ६१ वर्षीय टेकबहादुर सर्तुङ्गेको ज्यान गएको हो ।  

ad

डढेलो निभाउने क्रममा भिरबाट लडेर आज करिब १५–२० मिटर तल आगोमाथि खसेर उनको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले बताए । घटनास्थल पुगेको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा ल्याइएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="