काठमाडौ , २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो । घर बाटनै उनलाई शुक्रबार राति पक्राउ गरिएको हो ।
संगठित रूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो ।
लगत्तै उनको निवास बुढानीलकण्ठमा प्रहरीको टोली पुगेको थियो । उनलाई शनिबार बिहान बुटवल लगिने बुझिएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस