after_navbar

तुलसीपुरमा कक्षा ८को नतिजा ३३ प्रतिशत उतीर्ण :  ३ विद्यालय शुन्य, ४ विद्यालयमा १ जना उतीर्ण


चैत २२, २०८१


दाङ, २३ चैत।  तुलसीपुरका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर कमजोर देखिएको छ । कक्षा आठको नतिजा प्रकाशनले तुलसीपुरको आधारभूत तहको शैक्षिक गुणस्तर निराशाजनक देखिएको हो ।

नतिजा निराशाजनक देखिए पछि सामुदायिक विद्यालय, स्थानीय सरकार तथा शिक्षकको आलोचना तीव्र रुपमा बढेको छ । तुलसीपुरमा उत्तीर्ण प्रतिशत ३३ रहेको छ । दाङको तुलसीपुरमा  आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी तीनवटा सामुदायिक विद्यालयको नतिजा उतीर्ण प्रतिसत शून्य देखिएको छ । चार विद्यालयमा भने एक/एक जना मात्र उत्तीर्ण भएका छन् । तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले  सार्वजनिक गरेको नतिजा अनुसार, वडा नं ३ मा रहेको मावि प्रतापकोट, वडा नं. १८ मा रहेको माध्यमिक विद्यालय बेल्झुण्डी, र वडा नं. १० को जनजागृति मावि पातुवनगाउँबाट सहभागी सबै विद्यार्थी अनुतीर्ण भएका छन् ।

ad

मावि प्रतापकोटमा१९, मावि बेल्झुण्डीमा १५ र जनजागृति माविमा २७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
चारवटा विद्यालयमा १/१ जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन्। ती विद्यालयहरूमा सृजनशील आधारभूत विद्यालय छोटे, जनता संस्कृत मावि बिजौरी, मावि भित्री संक्राम, र आधारभूत विद्यालय लोहाडबरा खौसापुर रहेका छन् ।
सृजनशील आविबाट ३१, जनता संस्कृत माविबाट ६६, मावि भित्री संक्रामबाट २४ र मावि लोहाडबराबाट १३ जना विद्यार्थीले परीक्षा दिएका थिए। तर, ती सबै विद्यालयबाट एक/एक जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन्। यस्तै सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण हुने पशुपति मावि हरिपौरी रहेको छ । यस वर्ष विद्यालयबाट ७२ जना विद्यार्थी सहभागी भएकोमा ६८(९४.४४%)  विद्यार्थी  उत्तीर्ण भएका हुन ।

तुलसीपुर उपमहानगरपालिकाले चैत ३ गतेदेखि सञ्चालन गरेको कक्षा ८ को नगरस्तरीय परीक्षा चैत ९ गते सम्पन्न भएको थियो। कक्षा आठको परीक्षाको ननिजा सुधारात्मक रहेको  तुल्सीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले बताए। शैक्षिक गुणस्तर सुधारमा स्थानीय सरकारले विभिन्न पहल कदमी गरेको बताए ।

भण्डारीले गत वर्षको भन्दा यस वर्ष नतिजा सुधारोन्मुख रहेको बताए । उनले गत बर्ष १७ प्रतिशत उतीर्ण प्रतिशत रहेको नतिजा यस बर्ष ३३ प्रतिशत पुगेको बताए । यो अबस्थाले पनि सुधार भएको देखिन्छ उनले भने ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="