दाङ २४ चैत्र । तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा रहेका संस्थागत (बोडिङ स्कुल ) विद्यालयहरूमा अध्ययनरत झन्डै ४ सय विद्यार्थीहरू कक्षा आठमा अनुत्तीर्ण (फेल )भएका छ्न । तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाले सार्वजनिक गरेको कक्षा आठको नतिजामा संस्थागत विद्यालयको नतिजा यस्तो आएको हो।
नाम चलेका संस्थागत विद्यालयहरूमा समेत यसपटक विद्यार्थीहरू फेल भएको शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए। ग्रामीण क्षेत्रका संस्थागत विद्यालयभन्दा सहरी क्षेत्रका संस्थागत विद्यालयहरूको नतिजा कमजोर देखिएको भण्डारीले बताए । नाम चलेका तुलसीपुरका ठूला विद्यालयहरूका समेत विद्यार्थीहरु अहिले फेल भएका छन् । परीक्षा र नतिजालाई यथार्थ परक गराउदा बास्तबिकता प्रस्ट भएको उनले बताए ।
संस्थागत विद्यालयका ३९६ जना विद्यार्थीहरु कक्षा आठमा अनुतीर्ण भएका छन्। अभिभावकहरूको पहिलो रोजाइमा रहने संस्थागत विद्यालयहरू नै शैक्षिक गुणस्तरमा कमजोर देखिएका हुन् । तुलसीपुर उपमहानगरपालिकाले नगरस्तरीय कक्षा ८ को नतिजा सार्वजनिक गर्दै तुलसीपुर क्षेत्रका विद्यालय संस्थागत विद्यालयहरूका ३९६ विद्यार्थी अनुतीर्ण भएको सार्वजनिक गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका भित्र रहेका ५९ संस्थागत विद्यालयका रहेका २३५७ विद्यार्थीहरूमध्ये १९६५ जना विद्यार्थीहरू मात्रै उत्तीर्ण भएका हुन्। सरसर्ती हेर्दा ८३ दशमल २०% संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरू उत्तीर्ण भएका छन्। संस्थागत विद्यालयमा २२% देखि शत प्रतिशतसम्म विद्यार्थीहरू उत्तीर्ण भएको देखिएको छ। तुलसीपुर उपमहानगरपालिकाले चैत ३ गतेदेखि सञ्चालन गरेको कक्षा ८ को नगरस्तरीय परीक्षा चैत ९ गते सम्पन्न भएको थियो।
हेर्नुस् रिजल्टको पूर्णा विवरण
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस