after_navbar

प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति


चैत २८, २०८१


काठमाडौं , २९ चैत ।  राजावादीको नाममा तीनकुनेमा हिंसा भड्काउन मुख्य भूमिका खेलेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ। 

ad

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईं र उनका सहयोगी दीपक खड्कालाई १२ दिनको म्याद थप गरेको हो। दुवैजनाविरुद्ध राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

ad

अदालत लैजानुअघि उनलाई जिल्ला प्रहरी परिसर र  सरकारी वकिलको कार्यालय लगिएको थियो। त्यहाँ आवश्यक कागजी प्रक्रिया पुर्‍याएर अदालतमा पेस गरिएको थियो। भारतमा पक्राउ परेका प्रसाईंलाई झापाबाट हवाई मार्गबाट काठमाडौं ल्याइएको थियो। ​​​​​​राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ परेका थिए।  चैत १५ गते तीनकुनेको राजावादीको प्रदर्शनस्थलबाट फरार भएका थिए।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="