after_navbar

शैक्षिक सुधारमा सरकार प्रतिबद्ध: मन्त्री तिमिल्सिना


चैत २, २०८१


दाङ, ३० चैत्र । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शैक्षिक सुधारका लागि सरकार प्रतिबद्ध रहेकाे बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेशकाे आयाेजनामा भएकाे अन्तरसंवाद कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री तिमिल्सिनाले शैक्षिक सुधारका लागि लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेकाे बताएका हुन् ।

शैक्षिक प्रणालीमा ल्याउनुपर्ने सुधारका लागि छलफल गर्न प्रदेश सरकार तयार रहेकाे बताएका छन् । प्रदेश सरकार आगामी आर्थिक वर्षकाे याेजना र बजेट निर्माणकाे पूर्वसन्ध्यामा रहेकाे छ । यतिबेला शैक्षिक सुधार र याेजनाका विषयमा घनिभूत छलफल आवश्यक छ । संस्थागत विद्यालयका समस्या सम्बाेधन गर्ने गरी शैक्षिक याेजना बनाउन सरकार प्रतिबद्ध छ । यस्तै छलफल र संवादमार्फत संस्थागत विद्यालयका समस्या समाधानतर्फ लाग्न सरकारका लागि सहज हुने छ । ´ मन्त्री तिमिल्सिनाले थपे, सामुदायिक विद्यालयका समस्या तथा शिक्षक कर्मचारीका समस्या सम्बाेधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाे छ । शैक्षिक सुधारका लागि केही प्रणाली परिवर्तन गर्न आवश्यक भने छ । शिक्षकले आफूमा पनि केही परिवर्तन गर्नुपर्छ ।´

ad

शिक्षक आन्दोलनकाे प्रसङ्गमा बाेल्दै मन्त्री तिमिल्सिनाले शिक्षकका मागप्रति सकारात्मक भएकाे तर आन्दोलनबाटै सबै समाधान नहुने बताए । सकारात्मक माग रचनात्मक शैलीबाट प्राप्त गर्ने परिपाटी बसाल्ने मानसिकताकाे विकास गर्नुपर्नेमा जाेड दिए । मन्त्री तिमिल्सिनाले शिक्षामा सुधार भए मात्र समाज शुद्ध बनाउन सकिने बताए । हरेक कुराकाे समाधान आन्दाेलन बन्ने मानसिकताबाट मुक्त हुन जरूरी रहेको उनले बताए । परिवर्तन आन्दोलनले भन्दा कामले गर्दछ भन्ने मानसिकताकाे विकास गर्नुका साथै काममा जाेड दिन आवश्यक छ । भीडबाट परिवर्तन सम्भव छैन ।´

देशमा व्याप्त समस्या समाधानका लागि पटकपटक देशकाे व्यवस्था परिवर्तन भएकाे मन्त्री तिमिल्सिनाले बताए । `नागरिककाे अवस्था परिवर्तनका लागि मुलुकमा पछिल्लो राजनीतिक व्यवस्था परिवर्तन हाे । याे व्यवस्थाले नागरिकको अवस्था परिवर्तन गर्नुपर्छ भन्ने मलाई थाहा छ । म कसैकाे शिर झुक्न नदिने गरी काम गर्नुपर्छ भन्ने मान्यता राख्दछु । म संस्थागत विद्यालयकाे शिर झुक्न दिँदैन यसमा विश्वस्त रहनुहाेस् ।´ दाङकाे लमहीमा प्याब्सन) लुम्बिनी प्रदेशकाे आयाेजनामा शिक्षा समृद्धिका आधार संस्थागत विद्यालय हाम्राे सराेकार विषयक शैक्षिक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रम प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

कार्यक्रममा शिक्षाका क्षेत्रमा देखिएका समसामयिक समस्याका विषयमा छलफल गरिएकाे थियाे । लुम्बिनी प्रदेश शैक्षिक हवका रूपमा रहेकाे बताउँदै शैक्षिक नीति, प्रणालीलाई अझ सुदृढ बनाउन प्रदेश सरकारले रणनीति बनाउनुपर्नेमा अध्यक्ष पाण्डेले जाेड दिएका थिए । वरिष्ठ उपाध्यक्ष धनराज चपाईंकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव कृष्ण प्रसाद शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="