दाङ । नेपाल रेडकस्ट सोसाइटी दाङले भित्तेपात्रो प्रकाशनमा ल्याएको छ। रेडक्रस गतिविधि र वार्षिक रूपमा रहने गतिविधिहरूलाई समेटेर दाङ शाखाले भित्तेपात्रो प्रकाशन गरेको पात्रो प्रकाशन समितिका संयोजक भीमलाल मरासिनीले जानकारी दिए।
शाखा सभापति मदन गौतमको अध्यक्षतामा तथा राप्ति प्रादेशिक अस्प्तालका अध्यक्ष पदम प्रसाद न्यौपानेको उपस्थितिमा भित्ते पात्रो विमोचन गरिएको हो । लुम्बिनी प्रदेशको पर्यटकीय स्थल ठाकुरद्वारा क्षेत्रमा रहेको डल्ले होमस्टेमा पात्र विमोचन गरिएको हो। शाखा कार्यसमिति , जिल्ला कर्मचारीलगायतको सहभागीता रहेको थियो ।
यसैबीच बाँके र बर्दिया जिल्ला शाखाहरूसँग अन्तरक्रिया र कार्य अनुभव सेयरिङ समेत गरेको छ। बर्दिया बाँके जिल्ला रेड क्रस र दाङ रेड क्रस बीच नमुना स्तरीय कार्यमा सहकार्य गर्ने र समन्वय गरेर अगाडि बढ्ने छलफल भएको जिल्ला शाखा अधिकृत बिश्राम अधिकारीले बताए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस