after_navbar

आईसीसी यू- १९ विश्वकप एसिया छनोट:  नेपालको लगातार तेस्रो जित


बैशाख ०३, २०८२


दाङ । आईसीसी यू- १९ विश्वकप एसिया छनोटमा नेपालले हङकङमाथि ९ विकेटको सानदार जित निकालेको छ । बुधबार हङकङले दिएको ११६ रनको झिनो लक्ष्य नेपालले १२. ३ ओभरमा १ विकेटको क्षतिमा भेट्टाएको हो ।

ad

नेपालका लागि ओपनर साहिल पट्टेल ४२ र कप्तान नरेन भट्ट ३९ रनमा अविजित रहे । यस्तै, ओपनर निरजकुमार यादवले २३ रनको योगदान दिए । हङकङका लागि सायन पुरीले १ विकेट लिए ।  त्यसअघि तल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रनको योगफल तयार पारेको थियो ।

ad

हङकङका लागि शिव माथुरले सर्वाधिक ६३ रन जोडे । यस्तै, आर्या पन्जवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमसनले १० रन जोडे ।  नेपालका लागि युवराज खत्रीले सर्वाधिक ४ विकेट लिए । यसैगरी, विपिनप्रसाद शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए ।आईसीसी यू- १९ विश्वकप एसिया छनोटमा नेपालको यो लगातार तेस्रो जित हो । नेपालले यसअघि यूएईलाई ५ रन र ओमानलाई ८ विकेटले पराजित गरेको थियो । 

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="