दाङ। l राप्ती राजमार्ग अवरुद्ध भएको छ। दाङ सल्यान रुकुम अन्तर्गतको सडकखण्डमा वर्षाका कारण पहिरो आउँदा राजमार्ग ठप्प भएको हो।
वर्षासँगै आएको पहिरोले राप्ती राजमार्ग अवरुद्ध हुदा यातायातका साधनहरू बाटोमा रोकिएका छन्। भने आवागमन बन्द रहेको छ । तुल्सीपुर सल्यान सडक खण्डको कपुरकोट गाउँपालिकाको चोरखोला नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।
राजमार्ग अवरुद्ध हुँदा सयौ यात्रुबाहक गाडी रोकिएका छन् ।
राजमार्गमा खसेको पहिरोले सडक अवरुद्ध भएपछि अहिले जेसिबी लगाएर पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सडक स्तरवृद्धिको काम भइरहेकोले सामान्य पानी पर्दा पनि पहिरो खस्ने समस्याले उक्त सडक खण्डमा यात्रुलाई आउजाउ गर्न सकस भइरहेको सडक डिभिजन कार्यालय दाङ्ले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस